प्रदेश समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख कुरुम्वाङ्गको ठुलासैनमा स्वागत सम्मान

अछाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङ्गको ठुलासैनमा स्वागत गरिएको छ । आफ्नो कार्यालयको कामको सिलशिलामा अछाम पुग्नु भएका कुरुम्वाङ्गको अछाम स्थित रेडियो रामारोशनले स्वागत र सम्मान गरेको हो ।

उनको सम्मानमा अछामको पहिचाँन पगरी लगाएर रेडियोका कार्यकारी निर्देशक कृष्ण बुढाले सम्मान गरे । अछाममा रहदा पुर्याउनु भएको योगदानलाई सम्झिदै रेडियो रामारोशनले औपचारिक कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।

यसतै मंगलसेन नगरपालिका वडा नं. ६ का पूर्व अध्यक्ष जनकराज भण्डारी, प्रेस युीनयनका जिल्ला सचिव सुशिल भण्डारी लगायतले समेत उनको स्वागत सम्मान गरेका थिए ।

यस्तै जिल्ला बाहिर रहेका रेडियोका अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले समेत कुरुम्वाङ्गको एक दसक अघि अछाम जिल्लामा कार्यरत रहदा सफल र लोकप्रिय प्रमुख जिल्ला अधिकारीको प्रशंसा व्यक्त गर्दै सम्मान गरे ।

नेपाल सरकारका सहसचिव अब्बल दर्जाका सफल प्रशासक , शुसाशनका हीमायती, पारदर्शी मिडिया मैत्री भएको भन्दै उहाँलाई अछामले सधैँ सम्झना गरिरहेको अध्यक्ष तिमिल्सैनाले बताए । आम मानिसलाई पहिलो प्राथमिकका राखेर काम गर्ने उहाँको शैलीले अछामीको मनमष्तिस्कमा रहेको उनको भनाई छ ।

अछाम प्युठान, बर्दिया , बाँके र दाङ जिल्लामा समेत प्रमुख जिल्ला अधिकारीको रुपमा रहिसकेका कुरुम्वाङ्ग हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका प्रमुखमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 
निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने
उत्कृष्ठ नम्बर ल्याउनेलाई एक महिनाको सेवा सुविधा प्रदान गर्ने अध्यक्ष वीसीको घोषणा
यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न