परिवर्तन युवा क्लब काे आयोजनामा हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न
अछाम : समाज परिवर्तनमा निरन्तर लागिरहेको परिवर्तन युवा क्लबले हाजिरी जवाफ प्रतियोगिता सपन्न गरेको छ। पंचदेवल विनायक नगरपालिका वडा नम्बर ७ मा रहेको क्लबले देवकी आधारभूत विद्यालयमा हाजिरि जवाफ प्रतियाेगिता गरेको हो।
क्लबका अध्यक्ष सुशील बटालाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष टंक भण्डारी प्रमुख अथिति रहेका थिर। यस्तै विशिष्ट अथिति विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ईन्द बटाला रहेका थिए।
हाजिरी जवाफमा पहिलाे, दोश्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने सदन लाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री वितरण गरिएकाे थियाे । महिला तथा बालबालिका शाखाको आर्थिक सहयोगमा प्रतियोगिता गरिएको थियो।
कार्यक्रममा कार्यकालिका सदस्य नन्दकला कामी, महिला वडा सदस्य मिना बटाला, विद्यालयका प्रअ राम ब भण्डारी अथिति रहेका थिए।
क्लबका सचिव प्रकाश बटालाले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक सेर रावल ले गरेका थिए।




