प्रदेश समाचार

कालिकास्थानका घट्ना प्रकरण: हत्या आरोपमा ४ जना प्रकाउ 

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय किशोर विनोद शाहीको हत्या आरोपमा ४ जना प्रकाउ परेका छन ।

मंगलबार साझँ सिआईबिको टोलिले उनिहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए । प्रकाउ परेकाहरुमाथि अनुसन्धान भईरहेको उनको बताए । 

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत खटिएको छ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 
निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने
उत्कृष्ठ नम्बर ल्याउनेलाई एक महिनाको सेवा सुविधा प्रदान गर्ने अध्यक्ष वीसीको घोषणा
यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न