खेलकुद

गुजरात र राजस्थानबीच आइपीएलको उपाधि भिडन्त आज

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि भlडन्त आज हुने भएको छ।

उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ।

फाइनल खेल रोमाञ्चक हुनेछ। दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्।

नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो। उसले उपाधि उचाल्दै नयाँ रेकर्ड बनाउन चाहेको छ।

राजस्थान भने गुजरातलाई हराएर उपाधि उचाल्ने होडमा छ। गुजरात दोस्रो पटक आईपीएलको उपाधि उचाल्ने दाउमा छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मंगलसेन नगरपालिकामा राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता सुरु
एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै
जिल्ला खेलकुद अछामको अध्यक्षमा केशर खड्का मनोनित
मंगलसेन नगरपालिकाले “मेयरकप पुरुष भलिबल प्रतियोगिता” गर्दै