मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी  

अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी  


अछाम : जिल्लाका ३ स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ । कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र बान्नीगढीमा कांग्रेस विजयी भएको हो । 
कमलबजारमा कांग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतका साथ नगरप्रमुख बनेका छन् भने ढकारी गाउँपालिकामा कांग्रेसकै प्रकाशबहादुर साउँदले ३ हजार १८१ मतसहित अध्यक्षमा जितेका छन् । जहाँ कांग्रेसकै नेत्रकला शाही ३ हजार एकसय मत ल्याएर उपाध्यक्षमा विजय भएकी छन् भने कमलबजार नगरपालिकामा नगरप्रमुख कांग्रेसले जितेपनि उपप्रमुखमा चाही एमालेकी शारद बिष्ट (कुँवर)ले ४ हजार ५२८ मतमा जित हासिल गरेकी छन् । 
कमलबजारमा नेकपा एमालेबाट पराजित नगरप्रमुख पदका उम्मेदवार कटकबहादुर साउँदले ४ हजार ६५ र कांग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेकी गौरी बिष्ट भण्डारीले जम्मा ३ हजार ६४८ मतका साथ पराजित भएकी हुन् । ढकारीमा एमालेका धर्म शाही २ हजार ५५५ मत र नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष पदका उम्मेदवार शेरबहादुर बुढाले १ हजार ५९० मत ल्याएका थिए । 
त्यहाँ उपाध्यक्षमा पराजित हुनेहरु एमालेका मायदेवी बुढाले २ हजार ५७३ र एकीकृत समाजवादीकी देवकला खत्री चलाउनेले १ हजार ५७८ मत पाएका छन् ।

यस्तै बान्नीगढी जयगढ गाउपालिकामा पनि कांग्रेसका टेकबहादुर साउद अध्यक्ष र एमालेका बिन्दु रावल उपाध्यक्षमा बिजयी भए ।