मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा सभापती र उपसभापती कै वडामा कांग्रेस पराजित

अछाममा सभापती र उपसभापती कै वडामा कांग्रेस पराजित


अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकाको वडा नं. ५ मा नेकपा एमाले बिजयी भएको छ । वडा नं. ५ को अध्यक्षमा २ सय ३९ को फराकिलो मतान्तरले एमालेका उम्मेद्धार झंकर भाट बिजयी भएका हुन् ।

बिजयी उम्मेद्धार भाटले ७ सय ८२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेद्धार पूर्ण भाटले ५ सय ४३ मत मात्र प्राप्त गरे । उक्त वडामा एमालेको पुरै प्यालन बिजयी भएको छ ।

मंगलसैन वडा नं. ५ नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह र उपसभापती चन्द्र प्रसाद ढुंगानाको वडा हो । महासमिती सदस्य अञ्जु मल्लको वडा पनि यहि हो ।

सभापती र उपसभापती कै वडामा कांग्रेस पराजित हुदाँ कार्यकर्ता रुष्ट भएका छन् । यसअघि ७४ को स्थानिय निर्वाचनमा भने वडामा कांग्रेस पुरै प्यालन बिजयी भएको थियो ।

यसअघि मंगलसैन नगरपालिका वडा नं. १३ बस्तीमा भने कांग्रेस बिजयी भएको छ । एक खुल्ला सदस्य बाहेक कांग्रेसको प्यानल बिजयी भएको हो । कांग्रेसको तर्फबाट हिक्मत बहादुर बोगटी वडाध्यक्षमा बिजयी भए ।