मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लयाँटीमा फेरि मतदान हुने

लयाँटीमा फेरि मतदान हुने


अछाम : जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीमा पुन मतदान हुने भएको छ ।

वैशाख ३० गते भएको निर्वाचनमा नवज्योति माबि लयाँटीकाे मतदान केन्द्र क र ख मा विवाद भएपछि स्थगित गर्ने निर्णय गरिएको र नयाँ मिति बारे निर्वाचन अायाेगले निर्णय गर्ने निर्वाचन अधिकृतकाे कार्यालय विनायकले जानकारी दिएको छ ।
सर्वदलीय बैठकको छलफल पछि पनि पुन: सुचारु गर्ने स्थिति नबनेपछि स्थगित गरिएको निर्वाचन अधिकृतकाे कार्यालयका सुचना अधिकारी खेम ढकालले जानकारी दिए ।
२ वटा मतदान केन्द्र रहेको विद्यालयमा १५ सय ७७ मतदाता थिए ।

मतदानको लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ४ सय मत खसेपछि विवाद शुरु भएको थियो ।

नेकपा मावबादीका कार्यकर्ताले ५ जना जति भन्दा धेरैको मत एकै जनाले हालेको भन्दै एमालेका कार्यकर्ताले नियन्त्रणमा लिन खाेज्दा शुरु भएको विवाद झडप हुँदै ढुंगामुढा हानाहान सम्ममा परिणत भएको थियो ।

मतदान स्थलमा ढुंगामुढा प्रहार भएपछि प्रहरीले ३ राउन्ड हवाई फाएर गरेको थियो ।