मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पताल र स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

अस्पताल र स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित


काठमाडौं- अस्पताल र स्वास्थ्य संस्थामा शनिबार र आइतबार  बिदा दिने निर्णय  राजपत्रमा प्रकाशित भएको छ।  सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोही अनुसार अब अस्पताल र स्वास्थ्य संस्थामा प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएको छ।

साथै जेठ १ गतेदेखि सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजे देखि साँझ ५:३० बजेसम्म कायम हुने भएको छ। तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० बजे देखि अपरान्ह ४:३० बजेसम्म मात्रै कायम हुनेछ।

यस्तै  निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने भएको छ।

यस्तै सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने भएको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको थियो।

स्वास्थ्यसँग सम्बन्धित संघ/संगठनहरुले भने सातामा दुई दिन बिदा दिँदा चिकित्सक तथा स्वास्थ्यकर्मीको अत्यधिक कार्यबोझ घट्न गइ सेवामा प्रभावकारिता आउने भन्दै सातामा दुई दिन बिदा दिने निर्णयको स्वागत गरेका थिए। 

No description available.
No description available.