मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेकराज अछामीको मलाई प्यारो रामारोशन सार्वजनिक

टेकराज अछामीको मलाई प्यारो रामारोशन सार्वजनिक


अछाम । अछामको पर्यटकिय क्षेत्र रामारोशन संग सम्बन्धी गितहरु समेटिएको मलाई प्यारो रामारोशन लोक देउडा गित सार्वजनिक भएको छ ।

टेकराज अछामीको मलाई प्यारो रामारोशन दामदुकी फिल्मस् प्रा.लीको व्यानरमा निर्माण भएको देउडा गित भिम बिष्ट अछामी रेखाको यूटुब च्यानलबाट सार्वजनिक भएको हो ।

देउडा गितमा रिदम बिसी र रेखा जोशीको स्वर रहेको छ भने लय तथा शब्द डम्बर रोकायाका रहेका छन् ।

भिम बिष्ट अछामी रेखाले निर्देशन गरेको भिडियो पुनम रेकिर्डिगं स्टुडियोमा रेकर्ड भएको हो । महेश बिक्रम पाण्डेले ऐरेञ्जर गरेको भिडियो छायांकन तथा ड्रोन अमृत उपाध्यायले गरेका छन् ।

महेन्द्र बिष्टले सम्पादन गरेको भिडियोमा झरना बोहरा र भरत बुढाको अभिनय रहेको छ ।