मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावकै बिचमा अछामको पुर्बी भेगमा नेटवर्क र बिद्युत अबरुद्ध

चुनावकै बिचमा अछामको पुर्बी भेगमा नेटवर्क र बिद्युत अबरुद्ध


अछाम : जिल्लाकाे पुर्वी भेगमा बिद्युत र नेपाल टेलिकमकाे टावर अवरुद्ध भएको छ । शुक्रबारदेखि पञ्चदेवल विनायक,कमलबजार,तुर्माखाँद लगायतका ठाउँहरुमा बिद्युत र नेट्वोर्क सेवाको अापुर्ती हुन सकेको छैन ।

स्थानीय तहको चुनावी सरगर्मी बढिरहेका बेला नेटवर्क अवरुद्धले अछामको पुर्वी भेगमा नेता तथा कार्यकर्ताहरुकाे दुरी टाढा बनाउनुका साथै बिद्युत अवरुद्धले संचार माध्यम तथा अन्य कार्यालयका कार्य सम्पादन ठप्पै रहेका छन ।

शनिबारदेखि नेपाल टेलिकमको नेटवर्क नहुँदा चुनावी उम्मेदवार र मतदाता बिचकाे दुरी टाढिँदै गएको स्थानीय बासीकाे भनाई छ ।

उसरी प्रभावकारी नेटवर्ककाे पहुँचमा नरहेको पुर्वी अछाममा अहिले विभिन्न राजनितीक दलहरुका प्रतिबद्धता पत्रमा अनलाइनमैत्री पालिकाकाे नारा लेखेका छन ।

हावाहुरी र चट्याङले बिद्युतका तारहरु सर्ट भए संगै अवरुद्ध भएको हुन सक्ने अासंका गरिएको छ ।

यस बिषयमा पुर्वी भेगकाे समस्याकाे बिषयमा बुझ्न खाेज्दा टावरनै नहुँदा सुचना प्राप्त गर्न हामीलाई कठिनाई भएको छ ।

याे पनि पढ्नुहाेस्

कर्णाली प्रदेश संग नजिक रहेको अछामको पुर्वी भेग पञ्चदेवल विनायक नगरपालिकाकाे वडा नम्बर ५ लयाँटीमा नेटवर्क समस्या भन्ने हो भने कुनै नौलो कुरो होइन ।

प्रबिधिको युग देखी टावर र नेटवर्कको प्रत्याभूत गर्न नपाएका यस क्षेत्रका अधिकांश नागरिक बिश्वकाे पहुँच बाट मंगल ग्रह सम्मकाे दुरि सम्म छन ।

उक्त सिर्जित समस्या समाधानका लागि नगरकार्यपालिकाले चालु अार्थक बर्षमा निर्णय गरेको महिना दिन पुग्दा समेत समस्या पार नलागे पनि पञ्चदेवल विनायक नगरपालिकाबाट असार १० गते निति तथा कार्यक्रममा प्रस्तुत गरिएको कार्यक्रमले अागामी अार्थिक बर्ष ०७८/७९ मा भने प्रविधिले फड्को मार्ने कुरा यस क्षेत्रका सामाजिक अगुवा तथा राजनीतिज्ञ तथा सर्वसाधारणहरुले बहसको बिषय बनाउन थालेका छन ।

विनायक क्षेत्रकाे दास्राे अग्लाे उच्च स्थान भएर हाेला नेपाल टेलिकमकाे टावरले देलिकाँणा बाट अाफ्नाे नेटवर्क सेवा प्रसारण गरेकाे छ ।

अग्लाे स्थानमा टावर भएपनि पञ्चदेवलका अधिकांश ग्रामिण तथा दुर्गम भेगहरुमा भाैगाेलिक विकटताका कारण नेटवर्ककाे अनुभुति किहल्यै गर्न सकिएन ।