मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्बाचन २०७९ अपडेट : अछाममा ४७५ पदमा १५२३ जनाको उम्मेदवारी

स्थानीय तह निर्बाचन २०७९ अपडेट : अछाममा ४७५ पदमा १५२३ जनाको उम्मेदवारी


अछाम : जिल्लामा गएराति अबेरसम्म स्थानिय तहको निर्वाचनमा सहभागिता जनाउनका लागि विभिन्न राजनितीदल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन ।

अछामका १० वटा पालिकामा ४ सय ७५ पदका लागि १ हजार ५ सय २ जनाको उम्मेदवारी दर्ता गरिएको जिल्ला निर्वाचनकार्यालय अछामले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंश नायकद्धारा हस्ताक्षरित सुचना मार्फत विवरण सार्वजनिक गरिएको छ ।

जसमा कमलबजार नगरपालिका १६५, चौरपाटी गाउँपालिका ११३, ढकारी गाउँपालिका १३७, तुर्माखाँद गाउँपालिका १६४, पञ्चदेवल विनायक नगरपालिका १८६, बान्नीगढी जयगढ गाउँपालिका १०६, मंगलसेन नगरपालिका १९२ रहेका छन्।

यस्तै मेल्लेख गाउँपालिका १६१, रामारोशन गाउँपालिका १११ र साँफेबगर नगरपालिका १८२ गरि कुल जम्मा १ हजार ५ सय २३ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अछामका सुचना अधिकारी गजेन्द्र प्रकाश थारुले बताए ।

१० वटै पालिकामा प्रमुख/अध्यक्षमा ४९ जना, उपप्रमुख/उपाध्यक्षमा ४६, वडा अध्यक्षमा ३२१, खुल्ला सदस्यमा ३९८, महिला सदस्य २६२, दलित महिला सदस्यमा ४४७ जनाको उम्मेदवारी रहेको छ ।