बिदेश

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ ।

कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ ।

यसै हप्ता अरु दुई वटा ठूला विस्फाेट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

गएको वर्ष तालिबानले सत्ता कब्जामा लिएयता विस्फाेटका घटनामा कमि आए पनि पछिल्लो दुई हप्तायता भने आक्रमण बढिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोबोटमा मानव मस्तिष्क र व्यक्तित्व डाउनलोड गर्न मिल्ने !
जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै
दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ
रुसी आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाको मृत्यु