मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका सिडिओ मरासैनीद्वारा एसइई परीक्षाको अनुगमन

अछामका सिडिओ मरासैनीद्वारा एसइई परीक्षाको अनुगमन


अछाम : अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले आज देखि सुरु एसइई परीक्षाको अनुगमन गरेका छन् । जिल्लाको पन्चदेवल विनायक नगरपालिका स्थित विद्यामन्दिर नमुना मावि परीक्षा केन्द्रको अनुगमन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सङ्गै जिल्ला स्थित चारवटै सुरक्षा निकायका प्रमुख र पन्चदेवल विनायक नगरपालिकाका कार्यालय प्रमुख पदम बहादुर माझिले परीक्षा केन्द्रको अनुगमन गरेका हुन ।

पहिलो दिनको परीक्षा मर्यादित रूपमा सम्पन्न भएको प्रजिअ मरासैनिले बताए । विद्यामन्दिर मावि परीक्षा केन्द्रमा जम्मा २९३ परीक्षार्थी मध्य २८३ जना आजको परीक्षामा सहभागी भएका हुन ।

हेर्नुहोस् फोटोमा प्रजिअ मरासैनीको अनुगमन