मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ पञ्चदेवल क्याम्पसले ५३ अाैँ स्थापना दिवस यसरी मनायो

नेविसंघ पञ्चदेवल क्याम्पसले ५३ अाैँ स्थापना दिवस यसरी मनायो


अछाम: नेपाल विद्यार्थी संघकाे ५३ अाैँ स्थापना दिवस पञ्चदेवल क्याम्पस विनायकले पनि मनाएको छ । अासन्न स्थानीय तह निर्वाचनमा नेविसंघको भुमिका बिषयक बिचार, गाेष्ठी कार्यक्रम गरि ५३ अाैँ स्थापना दिवस मनाइएको हाे ।

पञ्चदेवल क्याम्पस इकाई समिति सभापति सुशील बटालाकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस अछामका महासमिति सदस्य सुरत बिष्ट प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथिको रुपमा बाेल्दै उनले नेपाली काँग्रेसकाे मेरुदण्डको रुपमा रहेको नेविसंघ स्थानीय तहको निर्वाचनमा सशक्त ढंगबाट लाग्नु पर्ने बताए ।

नेविसंघको पृष्ठभूमि बारे जानकारी गराउँदै अहिले सरकारका प्रधानमन्त्री पनि नेविसंघको राजनिती बाटै उत्पादन भएको उल्लेख गरे । नेपाली काँग्रेस लाई स्थानीय तहमा पहिलो पार्टी बनाउन नेविसंघको प्रमुख भुमिका रहने र संगठनमा आबद्ध सबै विद्यार्थीलाई सहयोग गर्न महासमिति सदस्य बिष्टले जाेड दिए ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य टेक बहादुर शाही, राधा अाचार्य ढकाल, प्रदेश प्रतिनिधि लाेगराज ढकाल,नगर कार्य समिति सभापति सज्जन बहादुर शाही,उपसभापति इन्द्रमणी तिमिल्सैना,वडा नम्बर १ कुईकाका सभापति दुर्गाप्रसाद तिमिल्सैना,२ विनायकका सभापति महारुप धामी, ३ का सभापति परशुराम अधिकारी,४ कालिकास्थानका सभापति हर्क बडुवाल नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सदस्य गाेपाल बिष्ट,नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष रमेश रावत लगायत नेविसंघ पञ्चदेवल नगरपालिका भित्रका इकाई समिति पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

पञ्चदेवल इकाई समिति उपसभापति दशरथ रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन अछामका सहसचिव दिनेश केशीले गरेका हुन ।