मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा टाइफाईड रोग विरुद्धको खोप लगाउन सुरु

पञ्चदेवल नगरपालिकामा टाइफाईड रोग विरुद्धको खोप लगाउन सुरु


अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा टाइफाईड रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

नगरका ९ वटै खोप केन्द्र तथा विद्यालयहरुमा १५ महिना माथी र १५ बर्ष मुनीका वालवालिकालाई शनिवार बाट टाइफाईड खोप अभियान सुरु गरिएको पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य शाखा सह संयोजक जनक बुढाले जानकारी दिए ।

शनिवारपहिलो दिन नगरका ९ वटै वडाहरुमा १५ महिना देखी २३ महिना सम्मका १०९ जना र २ बर्ष देखी १५ बर्ष मुनीका २ हजार ५ सय ८४ जना गरि जम्मा २ हजार ६ सय ९३ जनाले खोप लगाएका सह संयोजक बुढाले बताए ।

पञ्चदेवल नगरपालिकाले ११ हजार ८ सय ४ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । जस अन्तर्गत विद्यालयमा रहेका ९ हजार १ सय ८९ र विद्यालय वाहिर रहेका २ हजार ६ सय १५ जनालाई बैशाख ३ गते बाट ७ गते सम्म खोप दिइने बताइएको छ ।

खोप निशुल्क पाईने र यसले जीवन रक्षा गर्ने भएकाले सम्पुर्ण १५ बर्ष मुनीका वालवालिकालाई अनिवार्य आफ्नो विद्यालय तथा खोप केन्द्रमा सहभागी भई खोप लगाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।