मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला शसक्तीकरण सम्बन्धी ७ दिने सीपमुलक कार्यक्रम विनायकमा सुरु

महिला शसक्तीकरण सम्बन्धी ७ दिने सीपमुलक कार्यक्रम विनायकमा सुरु


अछाम: महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत उद्यमशिलता, सीप विकास तथा क्षमता अभिवृदि सम्बन्धी ७ दिने सीपमुलक कार्यक्रम विनायकमा सुरुवात भएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय,शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालय अछामको आयोजना र पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाको समन्वयमा महिलाहरुलाई उद्यमशिल बनाउने उदेश्यका साथ सीप विकास तालिम आज बाट विनायकमा सुरुवात भएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका १५ र तुर्माखाँद गाउँपालिकाका १५ गरी ३० जना महिलाहरुलाई सीप विकास तथा क्षमता अभिवृद्धीको तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय अछामका कर्मचारी कृष्ण उपाध्यायले जानकारी दिए ।

केहि सीप सिकेका तथा उद्यमशिल बन्न चाहने महिलाहरुका लागी उक्त कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले बताएको छ ।

पहिलो दिन पञ्चदेवल विनायक नगरपालिका महिला तथा वालवालिका शाखा भावना शर्मा र पोषण शाखा संयोजक हंसराज उपाध्ययले तालिम दिएका हुन ।