मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले पञ्चदेवलद्धारा मेयर र उपमेयरका लागि ६ जनाको नाम सिफारिस

नेकपा एमाले पञ्चदेवलद्धारा मेयर र उपमेयरका लागि ६ जनाको नाम सिफारिस


अछाम : नेपाल कम्युनिष्ट  पार्टी एमाले पञ्चदेवल विनायक नगर कमिटीले पार्टी बाट नगरका उम्मेदवार छनोट गरेर जिल्ला कमिटी अछामलाई पठाएको छ ।

सर्वसम्मत रुपमा उम्मेदवार छनोटको प्रयास गरेपनि अन्ततः पञ्चदेवल नगरकमिटिले मेयर र उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

मेयरमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा तत्कालीन जिल्ला कमिटी अध्यक्ष नन्द बहादुर कडायत,प्रदेश कमिटी सदस्य कमल रावल र जिल्ला कमिटी सदस्य तथा नगर सह- इन्चार्ज लक्ष्मी बोगटीलाई मेयरका लागि सिफारिस गरिएको नगरकमिटि सचिव बखत बहादुर शाहीले जानकारी दिए ।

यस्तै जिल्ला कमिटी सदस्य हस्तना चन्द,राधिका सञ्जाल र महिला नेतृ निर्मला बुढा लाई उपमेयरका लागि सिफारिस गरेको पञ्चदेवल विनायक नगर कमिटीले बताएको छ ।