मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिप्लव समुहका नेता राप्ती सहित २ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित

बिप्लव समुहका नेता राप्ती सहित २ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित


अछाम । नेकपा माओवादी बिप्लव समुहका नेता राम प्रसाद तिमिल्सैना राप्ती नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् । एक कार्यक्रमका बिच नेता राप्ती सहित २ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका हुन् ।

तत्कालिन नेकपा माओवादीकै नेता रहेका राप्ती पार्टी फुट्दा मोहनबैध किरण र नेत्र बिक्रम चन्द बिप्लव तिर लागेका थिए । धु्रविकरण हुदाँ नेकपा माओवादी बिप्लव समुह तिर लागेका थिए । बैध र बिप्लव समेत अलग हुदाँ राप्ती बिप्लव तिर लागेका थिए ।

आफुहरु क्रान्ति बाटै परिर्वतन सफल हुन्छ र त्यो क्रान्ति रोकिदैँन भनेर बिप्लव समुहमा लागेको भन्दै नेता राप्तीले तर पछिल्लो समयमा त्यसो हुन नसकेको कारण आफुहरु माओवादी केन्द्रमा समाहित भएको बताए । बिप्लव समुहले क्रान्तिको ट्याकलाई छोडेको र माओवादीहरु अलग अलग भईराख्ने अवस्थाले राष्टमा नै खतरा उत्पन्न हुने भएको हुदाँ धु्रबिकरण गर्न आवश्यक रहेको बताए ।

सबै माओवादीहरु अब एक ठाँउमा उभिनुको बिकल्प नरहेको भन्दै उनले माओावादी केन्द्रले मात्रै आगामी राजनितिक यात्राले सहि दिशा दिने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड संगै समाहित भएपछिको फोटो सामाजिक सञ्जालमा शेयर गरेर लेखेका छन् पट्यार लाग्दो पुरानो सालको बिदाइसङ्गै नयाँ बर्षको सुरुवात, कतिपय शुभचिन्तकलार्इ अप्रिय लाग्न सक्ने यो नयाँ मोडमा उभियर सबैलाइ हार्दिक शुभकामना ।

यस्तो छ राप्तीको राजनितिक यात्रा ।

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. १ कुईका घर भएका नेता राप्ती २०५१ साल देखि नै तत्कालिन नेकपा माओवादीमा सक्रिय भएर राजनितिमा लागेका थिए । अछाम र डोटी जिल्लाको ईन्चार्ज भएर काम गरेका नेता राप्ती सेती महाकाली राष्टिय मुक्ती मोर्चाको महासचिव समेत भए ।

माओवादी पार्टी फुट्दा तत्कालिन बैध समुहले नेतृत्व गरेको नेकपा माओवादी क्रान्तिकारीको केन्द्रिय सदस्य हुदैँ बिप्लव समुहको समेत केन्द्रिय सदस्य भएर काम गरे । बिप्लव समुहको महाकाली ब्युरो ईन्चार्ज समेत भएर उनले काम गरे ।

राजनितिमा सक्रिय रहदाँ नेता राप्ती शान्ति सुरक्षाको मुद्धामा २०५४ सालमा ६ महिना अछाम र २०५५ देखि ६१ सम्म ६ बर्ष राज्यद्रोहको मुद्धामा धनगढी जेल जिवन बिताएका छन् ।

साहित्यमा समेत रुचि राख्ने नेता राप्तीका आगो र सपना कविता संग्रह, जेल ज्वालामुखी निबन्ध संग्रह र अंकुरण कथा संग्रह प्रकाशित छन् ।

नेता राप्ती संगै पूर्व केन्द्रिय सदस्य हेमराज भट्टराई, संबिद्यान सभा सदस्य भगत बडुवाल मुक्ती, संबिद्यान सभा सदस्य हरिलाल थापा, घाईते अपांग संघका केन्द्रिय अध्यक्ष प्रेम बयक पर्वत, पूर्व डडेलधुरा ईन्चार्ज भरत धानुक पुकार लगायतका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् ।

समाहितको सुची