मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा पुरा तलब नपाएको भन्दै तालाबन्दी गरि प्राविधिक फिल्ड तिर

पञ्चदेवल नगरपालिकामा पुरा तलब नपाएको भन्दै तालाबन्दी गरि प्राविधिक फिल्ड तिर

"प्रशासन तथा लेखा शाखाको बेवास्ताका कारण शाखामा तालाबन्दी : प्राविधिक"


“प्रशासन तथा लेखा शाखाको बेवास्ताका कारण शाखामा तालाबन्दी : प्राविधिक

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले करार कर्मचारीलाई पूरा तलब नदिएको भन्दै पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखामा तालाबन्दी गरिएको छ ।

६ महिना देखि तलब नपाएर केहि दिन अघि अान्दोलन गरेका करार कर्मचारीले फेरि तलब भत्ता अपुराे भएको भन्दै प्राविधिक शाखाबाट ६ जना कर्मचारीले तालाबन्दी गरेर कार्यसम्पादन बाट बाहिरिएका हुन ।

नगरपालिका अन्तर्गत दरबन्दीका करार कर्मचारीलाई नेपाल सरकारबाटै तलब बढेर नियुक्ति दिएपनि नगरपालिकाकाे प्रशासन तथा लेखा शाखाबाट अाफुमाथी विभेद भएको प्राबिधिकहरुले गुनासो गरेका छन ।

प्रशासन तथा लेखा शाखाको बेवास्ताका कारण यस्तो समस्या सिर्जित भएको हुन सक्ने प्रविधिक शाखा प्रमुख नरेश कुमार न्याैपानेले जानकारी दिए । कर्मचारीहरु कार्य सम्पादन बाट बाहिरिए पछि चालू अार्थिक बर्षकाे विकासे बजेट कार्यान्वयनमा समेत बाधा पुगेको उनले बताए ।

तालाबन्दीकाे नेतृत्व गरेका प्राविधिक तिर्थ न्याैपानेका अनुसार तलब भत्तामा पनि नगरपालिकाले विभेद गरेकाे छ । केही कर्मचारीलाई ताेकिएकै तलब भत्ता साथै अन्य सुविधा दिएपनि पूर्वाधार विकास शाखाका ६ जना करार कर्मचारीलाई नेपाल सरकार बाटै पठाएको तलब भत्ता नगरपालिकाले नदिएको अाराेप लगाए ।

यस बिषयमा थप जानकारी लिन हामीले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीलाई बुझ्न खाेज्दा उनि कार्यालय भन्दा बाहिर रहेकोले अाफुलाई त्यति जानकारी नभएको बताए । अाफु तीर्थयात्रामा रहेकाले कार्यालयमै उपस्थित भएर यस समस्याको समाधान गर्ने जानकारी दिए ।

कार्यपालिकाकाे बैठकमा समेत बहसको विषय बनेको कर्मचारी तलब भत्ताकाे विषयमा पञ्चदेवल विनायक नगरपालिकाकाे प्रशासन कार्य सम्पादन माथि नै प्रश्न उब्जिएको छ ।

GUBGMHVpwcTsPFvNNVdG5DKtpv6UwksAfzw5aULcGzgG