मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल टेलिकमको नयाँ वर्ष अफर

नेपाल टेलिकमको नयाँ वर्ष अफर


काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ ।

टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो । यो अफर यही चैत २९ देखि आउँदो वैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यो अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी, तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबीको डाटा प्याक र ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जीबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता शोभन अधिकारीले जनाएका छन् ।