मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् मेटाबोलिज्म बढाउने १० घरेलु उपाय

यी हुन् मेटाबोलिज्म बढाउने १० घरेलु उपाय


मेटाबोलिज्मलाई सजिलो हिसाबले बुझ्नुपर्दा यो पेटद्वारा खाना पचाउने गति भन्ने बुझिन्छ। मेटाबोलिज्ममा समस्या आउनु पेटमा समस्या आउनु हो। धिमा मेटाबोलिज्म अर्थात् स्लो मेटाबोलिजम हुँदा भोक लाग्दैन, खाना सही रुपमा पच्दैन र कब्जियतको समस्या हुन्छ।

यसका अलावा खराब मेटाबोलिज्मको संकेत छाला र अनुहारको कान्तिमा पनि पर्छ। छालाको शुष्कता बढाउँछ र पिठ्युँमा दाना आउनेजस्ता छालाको समस्या बढाउँछ। यस्तोमा मेटाबोलिज्म बढाउने उपायले यस्ता समस्या हटाउन सहयोग गर्छ। त्यस्ता १० उपायका बारेमा यहाँ चर्चा गरिएको छ। 

१. दालचिनीको चिया पिउनुस्
दालचिनीको चियामा एन्टीअक्सिडेन्ट हुन्छ, जसले मेटाबोलिक रेटलाई बढाउँछ र खाना पचाउन मद्धत गर्छ। दालचिनीले चिल्लो पचाउन र तौल घटाउन मद्धत गर्छ। बिहान सबैभन्दा पहिले र सुत्नुअघि दालचिनीको चिया पिउँदा फाइदा हुन्छ। 

२. घिउ सेवन गर्नुस्
घिउको फ्याटी एसिडले पेटमा डाइजेस्टिभ इन्जाइमलाई बढावा दिन्छ र खाना पचाउन मद्धत गर्छ। यसका अलावा आन्द्रालाई नरम बनाउँछ र भित्र रहेका फोहोर चिजलाई सफा गर्न मद्धत गर्छ। 

३. अदुवा हालेको चिया पिउनुस्
अदुवा भएको चियाले पाद रोक्छ र मेटाबोलिज्म तीब्र बनाउँछ। यसले खाना सजिलै पच्छ र दिसालाई नियमित बनाउँछ। 

४. खानामा सुप सामेल गर्नुस्
खानामा सुप सेवनले पाचन प्रक्रियालाई बढाउन मद्धत गर्छ। यसले डाइजेस्टिभ इन्जाइमको कामलाई राम्रो बनाउँछ र मेटाबोलिज्मलाई बढाउँछ। यसैले खानामा सुप अनिवार्य समावेश गर्नुपर्छ। 

५. ब्रेकफास्टमा भरपुर प्रोटिन भएको खाना समावेश गर्नुपर्छ
ब्रेकफास्टमा प्रोटिनले भरपुर खाना समावेश गर्नाले कैयौं समस्या समाधान गर्न सकिन्छ। यसले बिहानै मेटाबोलिज्मलाई तीव्रताका साथ अगाडि बढाउन मद्धत गर्छ। यसैले मेटाबोलिज्म सही राख्न दही, दुध, पनीर, नट्सजस्ता खाद्यपदार्थ ब्रेकफास्टमा समावेश गर्न सकिन्छ। 

६. बढी सलाद खानुपर्छ
सलादले सदैव मेटाबोलिज्मलाई राम्रो बनाउँछ। सलादमा विभिन्न प्रकारका सागसब्जी समावेश गरिने भएकाले फाइबर प्रशस्त पाइन्छ र पाचन प्रक्रियालाई राम्रो बनाउन सहयोग गर्छ। सलाद पेटका लागि पनि फाइदाजनक हुन्छ। 

७. उम्रिएको गेडागुडी समावेश गर्नुपर्छ
मूँग दाल, चना,सोया आदिमा फाइबर राम्रो पाइन्छ। यस्ता पदार्थले मेटाबोलिज्म राम्रो बनाउँछ र पेटका समस्या कम गर्छ । मेटाबोलिक रेटलाई बढाउँछ र दिसा नियमित बनाउन सहयोग गर्छ। 

८. जौको रोटी खानुपर्छ
जौको रोटीमा फाइबरको मात्रा यथेष्ठ हुन्छ र दिसा राम्रोसँग गराउन मद्धत गर्छ र पेटसँग सम्बन्धित समस्याबाट जोगाउँछ। यसैले लगातार कब्जियतको समस्या छ भने मध्यान्ह या रातिको खानामा जौको रोटी खानुपर्छ।

९. स्याउ र सुन्तला खानुस्
स्याउ र सुन्तला दुवैले दिसा नियमित गराउन सहयोग गर्छ। स्याउले डाइजेस्टिभ इन्जाइमलाई बढावा दिन्छ र मेटाबोलिक क्रियाकलापलाई तीब्र बनाउँछ। यसका अलावा सुन्तलामा पाइने भिटामिन सीले पेट सफा गर्छ। 

१०. नियमित अभ्यास गर्नुस्
यदि कुनै शारीरिक क्रियाकलाप गरिएन भने मेटाबोलिक रेट धिमा हुनसक्छ र कब्जियतको समस्या आउछ। यस्तोमा मेटाबोलिज्म तीव्र पार्न शारीरिक अभ्यास र योगको मद्धत लिनुपर्छ।