मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन्ड्रोइड छोडेर आईफोन चलाउन खोज्दै हुनुहुन्छ ? चित्त नबुझ्लान यी कुरा 

एन्ड्रोइड छोडेर आईफोन चलाउन खोज्दै हुनुहुन्छ ? चित्त नबुझ्लान यी कुरा 


काठमाडौं । बजारमा दिनहुँजसो नयाँ स्मार्टफोन आइरहेका छन् । एन्ड्रोइड स्मार्टफोनहरुको आ–आफ्नै प्रतिस्पर्धा छ, त्यस बाहेक एन्ड्रोइड र आईफोनको  बीचको प्रतिस्पर्धा पनि हेर्न लायकको छ ।

एकातिर आईफोन आफ्नो सुरक्षा लागि प्रसिद्ध छ भने अर्कातिर एन्ड्रोइड प्रयोगकर्ताको स्वतन्त्रताको लागि परिचित छ । यि दुवैमा आ–आफ्नै विशेषता तथा कमी कमजोरीहरू छन् ।

त्यसै अनुसार कसैले आईफोनलाई चलाउनु उपयुक्त ठान्छन् भने कोहीलाई एन्ड्रोइड नै मन पर्छ । यदि तपाई एन्ड्रोइडबाट आईफोनमा सिफ्ट हुँदै हुनुहुन्छ भने केही कुरा तपाईंलाई मन नपर्न पनि सक्छन् । 

१. फिल्म ,गीतहरु तथा एप डाउनलोड गर्न 

आईफोनको सबै भन्दा राम्रो पक्ष भनेको यसको सुरक्षा व्यवस्था हो । आईफोनमा यसले अनुमति दिएका बाहेक अन्य कुनै पनि एपहरू डाउनलोड गर्न सकिदैन ।

त्यसका साथै आईफोन प्रयोगकर्ताले एन्ड्रोइडमा जसरी सजिलै कुनै पनि फिल्म तथा गीतहरू डाउनलोड गर्न पनि सक्दैनन् । जुन कुरा एन्ड्रोइडबाट भर्खरै आईफोनमा सिफ्ट भएकालाई असहज लाग्न सक्छ ।

२. गुगलमा एपहरु चलाउन

एन्ड्रोइडबाट आईफोनमा सिफ्ट हुँदा गुगलको एपहरु चलाएको अनुभव फरक हुने छ । गुगलमा प्रायः सबै एपहरू अझै पनि एन्ड्रोइड फोन केन्द्रित छन् ।

मुख्यगरी गुगलका एप जस्तैः गुगल डक्स, गुगल सिटलाई आईफोनमा चलाउँदा समस्या आउने गरेको छ । गुगल डक्समा विशेष गरी अनुच्छेद हाइलाइट गर्नको लागि प्रयोग हुने ट्रिपल ट्यापिङको सुविधा आईफोनमा छैन । साथै, आईफोनबाट गुगल सिट चलाउँदा चार्ट तथा टेवलहरु बनाउन समस्या हुने गरेको छ । 

३. फोन कस्टोमाइजेसनमा सीमितता

आईफोनमा एन्ड्रोइडमा जति फोन कस्टोमाइजेसन गर्ने सुविधा छैन । जुन नयाँ प्रयोगकर्ताले अलि असहज महसुस गर्न सक्छन् ।

एन्ड्रोइडमा प्रयोगकर्ताहरूले आफूले चाहेको लेआउट तथा फन्टहरु आफ्नो फोनमा राख्न तथा मिलाउन सक्छन् । तर आईफोन प्रयोगकर्ताले आफूले चाहेअनुसार आफ्नो फोनमा सबै कुरा कस्टोमाइज गर्न सक्दैनन् ।

५. नेटफ्लिक्सलाई मिररिङ गरेर हेर्न नसकिने

नेटफ्लिक्सले इयर प्ले सपोर्ट गर्दैन । यसको मतलब एप्पलको सबैभन्दा सुविधाजनक स्ट्रिमिङ सेवा हामीले टिभीमा हेर्न पाउदैनौँ । जुन एन्ड्रोइडमा नेटफ्लिक्स चलाउने गरेकाहरुलाई मन नपर्न सक्छ ।