मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डी सिने अवार्ड : पुष्प खड्का उत्कृष्ट अभिनेता

डी सिने अवार्ड : पुष्प खड्का उत्कृष्ट अभिनेता


काठमाडौं । १२औं डी सिने अवार्डमा सुदूरपश्चिमका पुस्प खड्काले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।

पुनम इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘मारुनी’बाट नवल नेपालले निर्देशनमा पुष्प खड्काले अभिनेता बिधाको अवार्ड पाए ।

पछिल्लो समय उत्कृष्ट अभिनय गर्दै चलचित्र क्षेत्रमा आफ्नो दरिलो उपस्थिति पुस्पले देखाएका छन् । यसअघि २०७४ मा पनि उनले मंगलम बाट उत्कृष्ट अभिनेताको रास्ट्रीय अवार्ड पाएका थिए ।

अवार्डमा फिल्म ‘मारुनी’को दबदबा देखिएको छ । यो सोसल ड्रामा फिल्मले फिल्म, निर्देशक, अभिनेताजस्ता मुख्य विधामा जित हासिल गरेको छ ।

पुनम इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘मारुनी’बाट नवल नेपालले निर्देशन र सञ्जय लामाले छायांकन विधामा जित दर्ता गरे ।

अवार्ड ग्रहण गर्दै फिल्मकी निर्मात्री पूनम गौतमले भनिन्, ‘राम्रो फिल्म बनाएको खण्डमा मूल्यांकन हुँदोरहेछ भन्ने महसुस भएको छ । आगामी दिनमा अझै उत्कृष्ट फिल्म बनाउने वाचा गर्दछु ।’

काभ्रेको धुलिखेलमा आयोजना गरिएको अवार्डमा नेपाली फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भुवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।

छायाछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै छायाछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।