मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१८ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी बयालपाटा अस्पतालमा शारिरिक अपांगता परिक्षण घुम्ती शिबिर हुदैँ

१८ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी बयालपाटा अस्पतालमा शारिरिक अपांगता परिक्षण घुम्ती शिबिर हुदैँ


अछाम । बयालपाटा अस्पतालमा १८ बर्ष सम्मका बालबालिकाको शारिरिक अपांगता परिक्षण हुने भएको छ । चैत्र २७ र २८ गते हुन लागेको शारिरिक अपांगता परिक्षण घुम्ती शिबिर अन्र्तगत उक्त उमेर समुह सम्मका बालबालिकाको स्वास्थ्य परिक्षण एवं पहिचानका लागि स्वास्थ्य पुनस्र्थापन घुम्ति शिबिर हुने संचालन हुने भएको हो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना तथा बयलापाटा अस्पतालको समन्वयमा हुने उक्त घुम्ति शिबिरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगाले पोलेर अंगहरु एक आपसमा टासिएको, जन्म जात वा चोटपटकबाट कम्मरको जोर्नि खुस्किएको, हात खुट्टा भाँच्चिएर बांगो भएको वा हड्डी नजोडिएको शिबिरमा जाँच गरिने बयालपाटा अस्पतालले जनाएको छ ।

यस्तै जोर्नीहरु सुन्निने, बांगिएको वा खुस्कीएको, ढाड बांगो वा कुप्रो भएको, मष्तिष्क पक्षघात भएका बालबालिकाहरु, हड्डी पाकेर लामो समय देखि पिप आईरहने भएको, औलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, कृतिम अंग र सहायक सामाग्रीको आवश्यकक्ता भएको पनि परिक्षण हुने सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

घुम्ति शिबिरमा हड्डीको टिबी रोग लागेको, खुँडे ओठ एवंम तालु फाटेको, शरिरका बिभिन्न जोर्नीहरु बाँंगो भएको, अन्य जोर्नीहरुसंग सम्बन्धीत समस्याहरु भएको र हिड्दा घुँडा जोडिने ठोक्किने वा भित्र बाहिर फर्केको भएका बालबालिको परिक्षण गरिने मन्त्रायलले जनाएको छ ।