मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर ४ मष्टामान्डौका सुनौला १००० दिनका परिवारहरुलाइ फिल्टर बितरण

साँफेबगर ४ मष्टामान्डौका सुनौला १००० दिनका परिवारहरुलाइ फिल्टर बितरण


अछाम : बहुक्षेत्रीय पोषण योजना अन्र्तगत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामान्डौका सुनौला १००० दिनका परिवारहरुलाइ फिल्टर बितरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।

साँफेबगर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष बालगिरी कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कुँल बहादुर कुँवर रहेका थिए ।

प्रमुख अतिथि कुँवरले मानव शरीरका लागि स्वस्थ पिउने पानिको महत्व रहेकाले फिल्टर बितरण गरीएको बताए । साथै उनले बच्चाको जिवन कस्तो बनाउने भन्ने कुरा अबिभावकमा भर पर्नै बताए ।

बच्चा जन्मे पछिको २ वर्ष बच्चाको लागि महत्व पुर्ण हुने भएकाले यो बेलामा बिशेष ध्यान दिनु पर्ने उनले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलयका प्रमुख सुरेन्द्र प्रसाद जोशी, वडा नं १ का वडा अध्यक्ष अमर शाह , वाडा नं २ का अध्यक्ष कालु सिंह कुँवर, वडा नं ३ का कार्यवाहक अध्यक्ष बल बहादुर कुँवर कार्य पालिकाका सदस्य जित बहादुर निसानी लगाएतको हिभागिता रहेको थियो ।

साफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामान्डौका ७, वडा नं ९ बुढाकोटका ८ र वडा नं १४ पातलकोटका ८ जना गरी जम्मा २३ जनालाई फिल्टर बितरण गरीएको छ ।