मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोप अभियान सफल पार्न स्वास्यकर्मीहरुको भुमिका महत्वपुर्ण छ : नगर प्रमुख कुँवर

खोप अभियान सफल पार्न स्वास्यकर्मीहरुको भुमिका महत्वपुर्ण छ : नगर प्रमुख कुँवर


५ प्रतिशत नागरीकलाई खोप लगाउने लक्ष्य

अछाम : साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले खोप अभियान सफल पार्न स्वास्यकर्मीहरुको भुमिका महत्वपुर्ण रहने बताएका छन् ।

टाईफाईड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको सुरुवात पालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख कँुवरले नगरपालिकाका ९५ प्रतिशत नागरीकलाई खोप लगाउने लक्ष्य रहेको बताए ।

उनले समयमै खोप लगाएमा जिवन रक्षा हुने भएकाले सम्पुर्ण लाई खोप लगाउन आग्रह गरे ।

साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यलयका प्रमुख सुरेन्द्र प्रसाद जोशी वडा अध्यक्ष , कार्यपालीकाका सदस्य ,शिक्षा शाखा प्रमुख हिरा दत्त भट्ट जनकल्याण मा.बिका साहयक प्रध्यानाध्यापक टेक बहादुर कुँवर सम बिकासका प्रतिनिधि, वाक नेपालका प्रनिनिधि लगाएतको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा प्रस्तुतिकरण गर्दैस्वास्थ्य निरीक्षण लक्षमण नाथ योगिले खोपको परिचय, इतिहास, नेपालमा खोपको अवस्था, टाइफाईड खोप अभियानको महत्व, टाइफाईड हुने कारण, सर्ने माध्ययम, रोकथामका उपाय र खोपको सामान्य असरबारे जानकारी सहित छलफल गराएका थिए ।