मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरी चलचित्र ‘रण’ मा अभिनेता नरेनको दमदार डेब्यू, (ट्रेलरसहित)

भोजपुरी चलचित्र ‘रण’ मा अभिनेता नरेनको दमदार डेब्यू, (ट्रेलरसहित)


काठमाडौँ : अभिनेता नरेन खड्का स्टारर भोजपुरी चलचित्र ‘रण’ को ट्रेलर सार्वजनिक भएको छ । भोजपुरीमा नरेनले दमदार डेब्यू गरेका छन्, चलचित्रको सार्वजनिक ट्रेलरमा यो प्रस्ट देख्न सकिन्छ ।

फरक पहिरन, गेटअप र लुक्समा देखिएका नरेन ट्रेलर भरी छाएका छन् । ट्रे्लरमा पुर्णतः एक्सन प्रधान बनाइएको छ । कोभिड महामारीको बीच छायांकन भएको यो चलचित्रबाट नेपाली अभिनेता खड्काले भोजपुरी डेब्यू गरेका थिए । त्यसपछि उनले अर्को फिल्म ‘माही’ समेत गरिसकेका छन् ।

नेपाली निर्देशक चन्द्र पन्तले यो रण लाई बनाएका हुन् । पन्त पछिल्लो समय भोजपुरीमा जमेका निर्देशक हुन् । उनि ‘ह्रस्व दिर्घ’ बाट नेपाली चलचित्रमा निर्देशनको डेब्यू तयारीमा छन् । चलचित्रमा प्राविधिक तर्फ पनि नेपाली फिल्मकर्मी नै हाबी छन् । शाहिल खानले ट्रेलर तयार पारेका हुन् । चलचित्रमा सम्पादन अर्जुन जिसीको छ ।

निर्देशन पन्तको नै कथा र पटकथा समावेश चलचित्रमा नरेनसँगै आनन्द ओझा, काजल रगवानी, सिपी भट्ट, मनोज टाइगर, देव सिंह लिड अभिनयमा छन् । अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् । यो फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।