मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरको मेयरका लागि कांग्रेसबाट दर्जन बढी आकांक्षी, कस्को सम्भावना कती ?

साँफेबगरको मेयरका लागि कांग्रेसबाट दर्जन बढी आकांक्षी, कस्को सम्भावना कती ?

सम्भावित उम्मेदार


अछाम । सरकारले आसन्न स्थानिय तहको निर्वाचनको लागी घोषणा गरेको मिती नजिकिदैँ गएको छ । तोकिएकै समय ७९ बैशाख ३० गते नै निर्वाचन हुने हो भने चुनाव हुन अब ४५ दिन मात्रै बाँकी छ ।

चुनावको मिति नजिकिए संगै देशभर स्थानिय तहको चुनावी माहौल तात्दै गएको छ । अछाम जिल्लामा पनि दलहरुले चुनाव केन्द्रित कार्यक्रमहरुलाई तिव्रता दिएका छन् । पार्टीको सातौं अधिवेशन भर्खरै सम्पन्न गरेको नेपाली काँग्रेसले गाँउगाँउ जाँउ कांग्रेस जिताउ अभियानलाई तिव्रता दिएको छ ।

अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्र रहेको साँफेबगरमा नेपाली कांग्रेसबाट मेयरको उम्मेद्धार को हुने भन्ने चर्चा हुन थालेको छ । साँफेबगर नगरपालिकाको नेतृत्वको लागि नेपाली कांग्रेसमा एकदर्जन वढीको नाम चर्चामा छ ।

साँफेबगर नगरपालिकाकाको मेयरका लागि महासमिति सदस्य टीकाराम खनाल, राजन कुँवर, नेपाली कांग्रेसका पूर्व सचिव एवंम् क्षेत्रपाल टेक बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश सदस्य भक्त ठकुल्ला, क्षेत्रीय सभापति कृष्ण वुढा, महाधिवेशन प्रतिनिधि कृष्ण कुँवर, राजेन्द्र कुँवर, नेपाल किसान संघका सभापति ललित कुँवर, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायत, पूर्व जिल्ला कार्य समिति सदस्य रामबहादुर कुँवर, नरेन्द्र कुँवर आकाक्षी देखिएका छन् । यसबाहेक अन्य केही नेताहरूले भित्री रुपमा आकांक्षा राखेको भएपनि बाहिरी रुपमा खुलेका छैनन् ।

यी हुन् सम्भावित उम्मेदार

महासमिति सदस्य टिकाराम खनाल ।

नेपाली कांग्रेसका नेता महासमिती सदस्य खिनाल पुराना र परिपक्क नेताको रुपमा परिचित छन् । संसथापन ईतर पक्षमा रहेका नेता खनाल अहिलेका मेयरका आकांक्षी मध्ये सबैभन्दा पुराना नेता हुन् । पार्टीले टिकट दिएमा मेयरमा चुनाव लड्ने आंकलन नेता कार्यकर्ताले गर्ने गरेका छन् । आफूले गरेको त्यागको मूल्याकन पार्टीले गरेमा मेयर पदमा उठ्न सक्ने सम्भावना देखिएको छ । पार्टीमा लामो समय देखि क्रियाशिल रहेका नेता खनालले टिकट पाए सबै क्षेत्र बर्गका मतदाताको साथ पाउने सम्भावना देखिएको छ । पार्टी जिल्ला उपसभापती हुदैँ उनि महासमिती सदस्य निर्वाचित हुदैँ आएका छन् ।

महासमिती सदस्य राजन कुवँर ।

नेपाली कांग्रेसका युवा नेता नेपाल बिद्यार्थी संघ अछामका पूर्व सभापती राजन कुवँरको साँफेबगरको मेयरमा लागि बलियो सम्भावना देखिएको छ । यसअघिको निर्वाचनमा समेत आकांक्षी रहेका नेत कुवँर यसपटक भने पछि नहट्ने दाउमा छन् । पार्टी भित्र मात्रै नभई समग्र युवा क्षेत्रका ढुक्ढुकी भनेर नेता कुवँरलाई लिने गरिन्छ । कुवँरले मेयरको टिकट पाउने सम्भावना बढी रहेको नेता कार्यकर्ताको बुझाई छ । नेबिसंघ अछामको सभापती हुदैँ पार्टीको महासमिती सदस्य भएर निरन्तर क्रियाशिल रहेका कुवँरले ७ औँ जिल्ला अधिबेशनमा सभापती पदमा उम्मेद्धारी दिएका थिए । मेयरको टिकट उनले पाए कांग्रेस मात्र नभई अन्य पार्टीबाट समेत साथ पाउने उनको दाबी छन् ।

महासमिती सदस्य अर्जुन ताम्रकार

२०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो जनआन्दोलन बिद्यार्थी हुदाँ नेविसंघबाट राजनितिक यात्रा प्रारम्भ गरेर २०४९ सालमा नेपाली कांग्रेस चण्डीकाको गाँउ ईकाईको सचिव, २०५३ सालमा नेपाल किसान संघको सचिव, २०५६ सालमा नेपाली कांग्रेस अछामको जिल्ला सदस्य, २०५६ साल देखि नै २०६२ सम्म नेपाल दलित संघ अछामको सभापती भएका त्यागी, ईमान्दार, सरल र स्वच्छ छवीको रुपमा परिचित नेता हुन् अर्जुन ताम्राकार । २०६६ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य, कांग्रेसको १२ आँै महाधिबेशनमा महाधिबेशन प्रतिनिधी र १४ औँ महाधिबेशनमा महासमिती सदस्य निर्वाचित भएका नेता ताम्रकारले हाल सम्म कुनै लाभको पद नलिएका कारण यसपटक पार्टीले साँफेबगर नगरपालिकाको मेयरको टिकट दिएर न्याय गर्नेमा बिश्वस्त छन् । उनले टिकट पाए सबै वर्ग, क्षेत्र र समुदायको साथ पाउने नेता कार्यकर्ताको आंकलन छ ।

कांग्रेस सुदुरपश्चिम सदस्य भक्त ठकुल्ला ।

नेपाली कांग्रेसका नेता भक्त ठकुल्ला पनि साँफेबगर नगरपालिकाको मेयरका आकाक्षी हुन् । पार्टीमा लामो समय योग्दान दिएका ठकुल्ला समाजसेवामा समेत सक्रिय रहेका कारण युवा वर्ग, शिक्षित वर्ग र समाजसेवीको साथ उनलाई छ ।

पूर्व जिल्ला सचिव एवंम क्षेत्रपाल टेक बहादुर कुवँर ।

नेपाल बिद्यार्थी संघ अछामको संस्थापक सभापती हुदैँ जिल्लामा सक्रिय राजनिति गरेका नेताका रुपमा परिचित नेता हुन् टेक बहादुर कुँवर। अछाम हुदै बिद्यार्थीकालमा कैलालीमा समेत सक्रिय रहेका नेता कुँवर नगरपालिकाको मेयरका दाबेदार हुन्। नेपाली कांग्रेस अछामको जिल्ला सचिवदेखि क्षेत्रपाल भैसकेका नेता कुवँर समाजसेवी नेताको रुपमा चिनिन्छन् । पार्टीको राजनिति संगै समाजसेवा र शैक्षिक क्षेत्रमा समेत महत्वपूर्ण योग्दान दिएका नेता कुवँरको आकांक्षालाई समेत चाँसोको रुपमा हेरिएको छ ।

क्षेत्रीय सभापति कृष्ण बुढा ।

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापती कृष्ण बहादुर बुढा नगरको मेयरको अर्का आकाक्षी हुन् । पार्टीको संगठन निर्माण र चलायमान बनाउन यसअघि कार्यबाहक सभापती भएर काम गरिसकेका नेता बुढा वडा नं. ३ का वडाध्यक्ष समेत भएर राम्रो काम गरेका कारण उनलाई पनि बलियो दाबेदारको रुपमा हेरिएको छ ।

समाजसेवी नेता महाधिबेशन प्रतिनिधी कृष्ण कुवँर ।

नेपाली कांग्रेसको राजनितिमा छोटो समयमा उदाएका नेता हुन् कृष्ण कुवँर । राजनितिलाई समाजसेवाका रुपमा लिएका नेता कुवँरले लोकप्रिय मतका साथ १४ आँै महाधिबेशनमा लोकप्रिय मतका साथ बिजयी भए । जिल्लाको समग्र शैक्षिक, सामाजिक तथा खेल क्षेत्र सुधार र माथि उकास्न आफ्नै व्यक्तीगत लगानीमा उल्लेखनिय योग्दान दिएका नेता कुवँरलाई युवा वर्ग, शिक्षित वर्ग र समाजसेवामा रुची राख्ने लगायतको बलियो साथ रहेको १४ औँ महाधिबेशनले पुष्टी गर्छ । पार्टीले उनलाई टिकट दिए पार्टी भित्र र बाहिरबाट समेत उनले साथ पाउने आँकलन गरिन्छ ।

महाधिवशेन प्रतिनिधि राजेन्द्र कुँवर

तरुण दल अछामको अध्यक्ष हुदैँ कांग्रेसको महाधिवशेन प्रतिनिधिमा बिजयी भएका नेता राजेन्द्र कुँवर पनि मेयरका आकाक्षी हुन् । पार्टीको संगठनलाई मजवुत बनाउनको तरुण दल देखि भुमिका निर्वाह गरेका कारण आफुले टिकट पाउनु पर्ने उनको बुझाई छ ।

किसान संघ अछामका सभापती ललित कुवँर ।

परिपक्क नेताका रुपमा परिचत ललित बहादुर कुवँर पनि साँफेबगर नगरपालिकाको मेयरका आकाक्षी हुन् । २०७४ सालको निर्वाचनमा मेयरको लागि दाबी गरेका उनले यसपटक आफुले टिकट पाउनु पर्ने बताउछन् । पार्टीको बिभिन्न तहमा रहेका काम गर्दे नेपाल किसान संघ अछामको वर्तमा सभापति रहेका कुवँर आफु यसपटक पछि नहट्ने दाबी गर्छन् ।

युवा नेता रामबहादुर कुँवर ।

पूर्व पत्रकार, नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य हुदैँ नेपाली कांग्रेसको राजनितिमा सक्रिय भएका युवा नेता राम बहादुर कुवँरलाइ पनि मेयरको आकाक्षीको रुपमा हेरिएको छ । पत्रकारिता पृष्ठभुमि रहेका नेता कुँवर पार्टी संगठन निर्माणमा पत्रकार हुदाँ देखि नै सक्रिय रहेका र समाजसेवा तथा जनताको पिर मर्का बुझेका कुवँरले टिकट पाए पत्रकार हुदाँ समाज बुझेका कारण परिर्वतन र विकासमा राम्रो काम गर्न सक्ने आंकलन गर्न सकिन्छ ।

युवा नेता नरेन्द्र कुवँर ।

कांग्रेसका युवा नेता नरेन्द्र कुँवरले पनि यसपटक मेयरका लागि दाबी गर्ने आकंलन गरिएको छ । पार्टीमा सक्रिय रहेको कारण यसपटक आफुले टिक पाउने उनको बुझाई छ ।

उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायत

उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतको पनि साँफेबगर नगरपालिकाको लागि मेयरमा आकाक्षा रहेको बुझिएको छ । वडा नं. ६ मा झिनो पदले पराजित भएका कडायतले यसपटक मेयरमा दाबी गर्ने आंकलन गर्न सकिन्छ । यस्तै नेता मोहन कुँवर, टक्कर ताम्राकार पनि मेयरका लागि दाबेदार हुन्।

यसबाहेकका नेताहरु पनि यसपटक मेयरका लागी आकांक्षी देखिने बुझिएको छ । यद्यपी आकांक्षी मध्येबाट प्रदेश समितिले केन्द्रको निर्देशन अनुसार नै उम्मेदवार तय गर्ने भएकाले कसको पल्ला भारी हुन्छ यसै भन्न सकिन्नन् । यसपटक टिकटका लागि दौडधुप गरेपनि अन्त्यमा जसले टिकट पाएपनि सबै नेता कार्यकर्ता एकठाँउमा उभिएर कांग्रेस जिताउने अभियानमा लाग्ने उनिहरुको प्रतिबद्धता छ ।