मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिष्टहरुलाई नागरिक संग भोट माग्ने नैतिक अधिकार छैन : काग्रेस प्रदेश महामन्त्री खड्का

कम्युनिष्टहरुलाई नागरिक संग भोट माग्ने नैतिक अधिकार छैन : काग्रेस प्रदेश महामन्त्री खड्का


अछाम । नेपाली काग्रेस सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले कम्युनिष्टहरुले नागरिकसग भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । साँफेबगरमा आयोजित घर घर जाउ काग्रेस जिताउ अभियान अन्तर्गत आयोजित बृहत आम सभामा प्रमुख अतिथि महामन्त्री खड्काले कम्युनिस्टहरुले जनताको मत कदर गर्न नसकेको भन्दै पुर्ण रुपमा असफल भएको दाबी गरे । उहाले जहिले पनि भम्रको खेतिगर्दे आएको र कांग्रेसले त्यो भ्रम चिर्दे आएको समेत जिकिर गरे । उहाँले काग्रेस जहिले पनि यथार्त र सत्यको पक्षमा रहेको भन्दै नागरिकलाई जहिले पनि सर्वाेपरि मान्दै आएको समिेत बताए । उनले कम्युष्टिले आफ्नो घर पनि बनाउने अर्काे घर पनि बन्ने नदिने प्रबृति देखाउदै आएको समेत बताए । उनले काग्रेसले गरेका राम्राकामहरुको प्रचार प्रसार गर्न समेत आम नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पार्टी सभापति पुस्प शाह, पुर्ब पार्टी सभापत भरत कुमार स्वार, काग्रेस सुदुरपचिस्म सदस्य प्रेमा श्रेष्ठ ,भक्त बहादुर ठकुल्ला ,तुलाराम साउद, रुपा आउजि ,महासमिति सदस्य टिकाराम खनाल, राजन कुवर ,अर्जुन ताम्राकार ,निर्प साउद, जयन्द्र स्वार, भगवति खनाल, उपसभापति चन्द्र प्रसाद ढुगाना, सहसचिब दिनेश स्वार ,महाधिबेसन प्रतिनिधि कृष्ण कुवर, लक्ष्मी शाह , अप्सरा कुवर,पुर्णा शाह, जिल्ला कार्यसमिति सदस्य सुरत कुँवर, क्षेत्रीय सभापति कृष्ण बुढा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सन्चालन नगर कार्यसमिति सचिब अनिल रैगाईले गरेका थिए । नगर सभापति लाल बहादुर कुवरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य नगर उपसभापति उज्जल बोहराले राखेका थिए ।