मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा २० जना बालबालिकाको दाँत तथा मुखको परिक्षण

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा २० जना बालबालिकाको दाँत तथा मुखको परिक्षण


अछाम । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा साँफेबगर नगरपालिकामा दात तथा मुखको परिक्षण गरिएको छ । वडा नम्बर १ मा रहेको शाहिद सारदा स्मृती प्रतिस्ठानमा रहेका अनाथ बालबालिकाको दाँत तथा मुख परिक्षण गरिएको हो ।

नेपाल डेन्टल साईन्स हाईजिनिष्ट एशोसिएसन सुदुरपश्चिम प्रदेशको आयोजनामा अनाथ आश्रममा दाँत तथा मुख परिक्षण शिवीर आयोजना गरिएको बालबालिकाका दाँत परिक्षण गरिएको हो ।

शिविरमा २० जना बालबालिकाको दाँत परिक्षण गर्दा अधिकांश बालबालिकाको दाँतमा किरा लाग्ने समस्या भेटिएको नेपाल डेन्टल साईन्स हाईजिनिष्ट एशोसिएसन सुदुरपश्चिम प्रदेस अध्यक्ष दीपेन्द्र शाहीले बताए ।

खाना खाएपछि प्रत्येक पटक राम्ररी मुख सफा नगर्ने कारणले बालबालिकाको दाँतमा किरा लाग्ने समस्या बढदै गएको अध्यक्ष शाहीको भनाइ छ । शिवीरमा सहभागि हुन आएका बालबालिकाको दाँत परीक्षण गर्नुका साथै उनिहरुलाई निशुल्क ब्रस, माउथ वास र मन्जन प्रदान गरिएको सामाजिक अभियान्ता पारस थापाले बताए ।

सोही अवसरमा बालबालिकालाई ब्रस गर्ने प्रयोगात्मक बिधि र मुख सफा गर्ने बिषयमा समेत जानकारी गराइएको थियो । शिविरमा अध्यक्ष दीपेन्द्र शाही र सन्तोष पहाडी लगाएतको सहभागिता थियो ।