मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१०६ शाखा अधिकृतको पदस्थापन, ८ जनालाई सहायक सीडीओको जिम्मेवारी (सूचीसहित)

१०६ शाखा अधिकृतको पदस्थापन, ८ जनालाई सहायक सीडीओको जिम्मेवारी (सूचीसहित)


काठमाडौँ । गृहमन्त्रालयले १ सय ६ जना शाखा अधिकृतको पदस्थापन गरेको छ । मन्त्रालयले भर्खरै लोक सेवामा नाम निकालेर सेवा प्रवेश तालिम लिएकाहरूको पदस्थापन गरेको हो ।

बुधबार मन्त्रालय वा अन्तर्गत अतिरिक्त समूहमा जगेडामा राखिएका अधिकृतलाई जिल्ला प्रशासन, इलाका प्रशासन, कारागार व्यवस्थापन र अध्यागमन कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

एक महिलासहित आठजनालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ ।

जसमा कालिकोटमा कोमलप्रसाद प्याकुरेल, प्यूठानमा रामप्रसाद घिमिरे, बाजुरामा लोकेन्द्रबहादुर विष्ट,  हुम्लामा अनुपम पौडेल, रुकुपपूर्वमा हिरालाल आचार्य, डोल्पामा कृष्ण बस्याल र बझाङमा प्रमोदबहादुर चन्द र दार्चुलामा हेमन्ती साउदको पदस्थापन भएको छ ।