मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस्टर नेपाल २०२२ को अडिसन शुरु

मिस्टर नेपाल २०२२ को अडिसन शुरु


काठमाडौं– मिस्टर नेपाल २०२२ को अडिसन शुरु भएको छ । काठमाडौंबाट शुरु भएको अडिशन देशभर नै गर्ने पनि शुरु गरिएको हो ।

सो अवसरमा नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।


शनिवार काठमाण्डौमा अडिशन शुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली ब्याबसायीलाई नै सहयोग पुग्ने बताए ।

उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने उनको भनाइ थियो। आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताए ।