मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरआजकर्मी खड्का सहित ४ जनालाई ‘युवा पत्रकारिता पुरस्कार’

सुदूरआजकर्मी खड्का सहित ४ जनालाई ‘युवा पत्रकारिता पुरस्कार’


१२ जना राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित

काठमाडौं । सुदूर आजकर्मी पूर्णबहादुर खड्का ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयका आयोजित एक कार्यक्रमकाबीच उनलाई पुरस्कार प्रदान गरेको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सचिव समेत रहेका खड्काले पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याए वापत पुरस्कारका लागि छनौट भएका थिए । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले खड्का सहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुने अन्य पत्रकारमा केशब भुल, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । उनीहरु सबै जनालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् ।

युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ । २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।

यस्तै मन्त्रालयले १२ जना युवालाई राष्ट्रिय युवा प्रतिभाबाट सम्मान गरेको छ । जसमा विरेन्द्रनगर १२ सुर्खेतका हिमकुमारी उपाध्याय, बारपाक सुलिकोट ६ गोरखाका धिर्जबहादुर उपरकोटी, नरहरीनाथ एक कालिकाकोटका मंगल बहादुर विष्ट, भरतपुर १३ चितवनका सन्तोष वोटे, सुन्दरबहजार ६ लमजुङका कुसुम केसी रहेका छन् ।

यस्तै बकैया ४ मकवानपुरका सुमित्रा घिमिरे, देवचुली १६ नवलपरासी बर्दघाट सुस्ता पूर्वका राजन गौतम, विरेन्द्रनगर १ सुर्खेतका राज कुमारी पौडेल, शिवपुरी ४ नुवाकोटका राजाराम गुरुङ, रत्ननगर १५ चितवनका अशोक शर्मा र मालारानी ८ अर्घाखाँचीका खिम प्रसाद पन्थी रहेका छन् ।

संस्थातर्फ भने भानु १२ तनहुँको मिर्लुङ बहुउद्देशीय कृषि फर्म प्रालीे सम्मान प्राप्त गरेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मानको राशी भने एक लाख रुपैयाँ रहेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान पनि युवा तथा खेलकुदमन्त्री गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले नै दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।