मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुट उपगुट बाट पार्टीलाई मुक्त बनाउ, : भण्डारी

गुट उपगुट बाट पार्टीलाई मुक्त बनाउ, : भण्डारी


शंका, उपशंका र संकिर्ण सोचले पार्टी कमजोर हुन्छ तसर्थ एकजुट हुँदै कांग्रेस जिताउने अभियानमा लागौं :भण्डारी
अछाम । अहिले बिज्ञान र प्रबिधिको युगमा छौँ हामी । यो समयमा हिडिरहदा पनि तपाईं हाम्रो सोच परिवर्तन हुन् सकेको छैन ।

आज सकारात्मक सोचको अभाव जताततै छ । तपाई हामी हरेक क्षेत्रमा काम गर्दै जादा त्यस् ठाउँ प्रति तपाई हामी सकारात्मक हुन् सकेका छैनौं । यसको मुख्य प्रभाव राजनीति थलोमा रहदै आएको छ ।

देशमा भएका सबै परिवर्तनको नेतृत्व गरेको सबैभन्दा पुरानो र लोकतान्त्रिक तथा नेपाली जनताको गौरवशालि पार्टी नेपाली काङ्ग्रेस भित्र तल्लो स्तरको नेतृत्व तहमा पार्टीका नेताकार्यकर्ताहरुको आज एक अर्का प्रति गर्ने शंका उपशंकाको कारण आम कार्यकर्ता हरु माझ नराम्रो सन्देश प्रवाह भैरहेको छ ।

आफ्नै पार्टी भित्रका कार्यकर्ताहरु आफ्नै नेता हरु संग एकआपसमा बोल्दा ,संगै हिड्दा ,संगै गाडी यात्रा गर्दा अर्को नेताले उ प्रति गर्ने शंकाको कारण आज नेपाली राजनीति भित्र एक प्रकारको तरंग फैलिएको छ । कार्यकर्ता हरुलाइ अन्य दलका कार्यकर्ता सरह सोच्नु ,त्यो प्रकारको ब्यवहारले पार्टी भित्र आन्तरिक द्वन्द्व शृजना हुँदै आएको छ । आफ्नै पार्टीका कार्यकर्ता हरुलाइ एकताबद्द तरिकाले लैजानुको साटो विभिन्न आरोप प्रत्यारोपले गर्दा कार्यकर्ता हरु एक अर्कामा विभाजित हुँदै आएकाछन ।

जब नेतृत्व राम्रो ,सफल र कुशल हुन्छ तब पार्टी बलियो हुन्छ । पार्टी भित्रका कार्यकर्ता हरु बलिया हुन्छन् । नेतृत्व तहले सबै कार्यकर्ता हरुलाइ समान तरिकाले मिलाएर लैजाने वातावरण गर्न सक्नु पर्दछ । त्यो नै अहिलेको आवश्यकता हो ।

पार्टी भित्रको आन्तरिक चुनाव लाई लिएर आज नेता हरुले कार्यकर्ता हरुलाइ हेर्ने दृस्ठिकोण दुर छ । फरक आखाले हेर्ने यो प्रवृत्तिले पार्टी लाई कमजोर बनाउदछ भने । पार्टीमा क्रियाशिल कार्यकर्ता हरुको मनोबललाइ कमजोर पार्ने खालको अवस्था शृजना हुन्छ ।

पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई लिएर नेता हरुमा एक अर्को प्रतीको सम्बन्ध दूर दुर बन्दै गएको छ । आन्तरिक लडाइ सिमित समयको लागी मात्रै हो ।

गुटगत राजनीतिले छिया छिया भएको अवस्थामा शंका, उपशंका र संकिर्ण सोचले अझ पार्टी लाई कमजोर बनाउने प्रयास भैरहेको छ ।

पार्टी बलियो बनाउने सपना लाई मनन ,चिन्तन गर्न पर्ने अवस्थामा नेताकार्यकर्ता बिचको सम्बन्ध टाढा बन्दै जानु राम्रो कुरा होईन ।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा नेतृत्वको लागि हरेक तहमा जति प्रतिस्पर्धा भए पनि निर्वाचित नेतृत्वलाई सहयोग सल्लाह र सुझाव दिनु आम पार्टीका नेताकार्यकर्ताको कर्तव्य हो भने प्रतिस्पर्धा बाट पराजित भएका विभिन्न तहका नेता हरुलाइ समेटेर लैजानु नेतृत्वको दायित्व हो ।

तसर्थ नेपाली काङ्ग्रेसका सम्पूर्ण नेताकार्यकर्ताहरु एकपटक फेरि गुट्गत राजनीतिबाट माथी उठेर लोकतन्त्रमा आस्था राख्ने आम नागरिकको बिश्वास जित्दै देश, जनता र लोकतन्त्रको लागि एकजुट भइ आसन्न स्थानीय ,प्रदेश र संघको निर्वाचनमा पार्टी लाई निर्वाचित गर्ने अठोट र संकल्पका साथ हातमा हात काधमा काध मिलाइ एक ढिक्का तरिकाले अघि बढ्नु अहिलेको मुख्य आवश्यकता हो । यसबाट नै जनता र मुलुकको हितकायम हुन सक्दछ ।

जय नेपाल ।
सुशील भण्डारी
नेपाली काङ्ग्रेस, सुदुर पश्चिम प्रदेश अधिबेशन प्रतिनिधि