मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनएफटी बेचेर १२ वर्षे बालक बने १२ करोडको मालिक

एनएफटी बेचेर १२ वर्षे बालक बने १२ करोडको मालिक


काठमाडौं । एनएफटी अर्थात् नन-फन्जिबल टोकनबारे तपाईंलाई पक्कै थाहा होला । पछिल्लो समय विश्व बजारमा एनएफटीले तहल्का मच्चाइरहेको छ । यो प्रविधिलाई डिजिटल चित्रकारिता र कला क्षेत्रमा एउटा आमूल परिवर्तन मानिन्छ ।

यसको प्रयोग गरेर पश्चिमा देशमा डिजिटल सम्पत्तिको किनबेच धेरै नै भइरहेको छ । यसैबाट मानिसले मनग्गे कमाइरहेका छन् । आज हामी यस्तै रोचक कथा सुनाउँदै छौं ।

बेलायतका १२ वर्षीय बेन्यामिन अहमद अहिले ‘क्रिप्टो एक्सपर्ट’का रूपमा छाएका छन् । सानै उमेरमा प्रविधि बुझ्दा उनी सात लाख ५० हजार डलर पाउन्ड (४८ करोड रूपैयाँ भन्दा बढी) सम्पत्तिको मालिक बनेका छन् ।

सन् २०१० मा पश्चिम बेलायतमा बेन्यामिन जन्मिएका थिए । उनका बुवा कम्प्युटर प्रोग्रामर र आमा शिक्षिका हुन् ।

बुवा इमरानबाट पाँच वर्षकै कलिलो उमेरमा कोडिङ सिकेका बेन्यामिन १२ वर्ष पुग्दा करिब ४८ करोडभन्दा बढीको मालिक भइसकेका छन् ।

उनले गत वर्ष एनएफटी कलेक्सन ‘weird whales’ सार्वजनिक गरी बिक्रीमा राखे । बिक्रीमा राखेको केही घन्टामै उनको पहिलो आर्टवर्क एक लाख ४४ हजार डलरमा बिक्री भयो ।

त्यस्तै अन्य आर्टवर्क बिक्री गर्दा केही महिनामा उनले नाै लाख ८० हजारभन्दा बढी डलर बराबरको इथेरियम आम्दानी गरे । उनको आफ्नो बैङ्क खाता नभएकाले आफूले जम्मा गरेको रकमबाट कत्ति पनि पैसा निकालेका छैनन् ।

एनएफटीबारे उनले अक्सफोर्ड विश्वविद्यालयमा लेक्चर समेत दिइसकेका छन् । अहिले अन्य व्यक्तिले किन्दै बेच्दै गर्दा उनकाे एनएफटीले ५० लाख डलरभन्दा बढीकाे व्यापार गरिसकेकाे छ ।

आफूले सानै उमेरमा एनएफटीका बारेमा बुझेपनि यसबारे धेरैले नबुझेको उनी बताउँछन् । उनलाई चिनिसकेपछी धेरै मानिसले एनएफटीबारे चासो राखेका छन् । यसबाट आफूलाई खुसी लागेको उनी बताउँछन् ।

उनले आगामी दिनमा थुप्रै मानिसलाई यसबारे जानकारी दिने सोच बनाएका छन् । आफूलाई करोडपति बनाउने क्रिप्टो र एनएफटीका बारेमा डेली मेलसँग बोल्दै उनी भन्छन्, ‘अबको भविष्य क्रिप्टो र एनएफटीमा नै छ । यदि कुनै पनि उद्योग डिजिटल भएर अगाडि बढ्यो भने त्यसले राम्रै प्रगति गर्छ ।’

एनएफटीको दुनियाँमा केही कुराको भेद नरहेको भन्दै बेन्यामिनले अगाडि भने ‘याे धनी-गरिब, स्थापित भइसकेका वा नभएका सबैका लागि उपयुक्त छ । यसमा सबैभन्दा बढी समर्पण आवश्यक पर्छ । जसले समर्पण गर्न सक्यो, उसले नै यो क्षेत्रमा प्रगति गर्छ ।’