मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला दिवसको अवसरमा ढकारीमा देउडा गित प्रतियोगिता हुने

महिला दिवसको अवसरमा ढकारीमा देउडा गित प्रतियोगिता हुने


अछाम : जिल्लाको ढकारी गाउँपालिकामा महिला दिवसको अवसरमा देउडा गित प्रतियोगिता हुने भएको छ । महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा महिला दिवसको अवसरमा महिला अधिकार सम्बन्धि देउडा प्रतियोगिता हुन लागेको हो ।

पालिमा भित्रका सबै महिला समुहले एक समुहमा ७ जना रहने गरि ५ मिनेटको देउडा प्रस्तुती प्रस्तुत गर्नका लागि फागुन २३ गतेभित्र गाउपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा समूह दर्ता गराईसक्नु पर्ने शाखा प्रमुख चाँदनी चन्दले बताइन् ।

प्रतियोगितामा प्रथम हुने समुहलाई १० हजार, द्धितिय लाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना समुहलाई २ हजार पुरुस्कार प्रदान गरिने चन्दले बताइन्। प्रतियोगिताको प्रस्तुति कार्यक्रम फागुन २४ गते ढकारी गाउँपालिकाको प्रांगणमा हुने बताईएको छ ।