मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ तपाइको आजको राशिफल

यस्तो छ तपाइको आजको राशिफल


आज २०७८ साल फागुन १२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आजको दिन राम्रो छ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। पठनपाठनमा जोश बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट सन्तोष मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षाको माध्यमबाट गरिने कार्यमा उत्साह बढ्नेछ।

मिथुन : दिन सामान्य रहेको छ। पारिवारिक समस्या देखिन्छ। आज शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। एकान्तमा बसेर अध्ययन गरेका लामो समयसम्म स्मरण रहने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट : दिन सामान्य छ। रोग र शत्रुको प्रकोपको सामना गर्नुपर्नेछ। पेट र मस्तिष्क सम्बन्धी समस्या हुनेछ। शिक्षामा उत्साह बढ्नेछ। तपाईको लगानीले गुणात्मक नतिजाहरु प्राप्त हुनेछन्। राजनीति क्षेत्रमा संगठनको सहयोग मिल्नेछ। पारिवारिको सहयोग मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। स्वास्थ्य, वैदेशिक रोजगार र सामाजिक क्षेत्र सामान्य छ। पठनपाठनमा रुची बढ्नेछ। पारिवारिक सम्बनध सुमधुर रहनेछ। तर, आन्तरिक कलह भने बढ्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

कन्या : दिन समान्य राम्रो छ। स्वास्थ्यमा समस्या आउनेछ। शिक्षामा आफै लाग्नुपर्नेछ। लगानीबाट राम्रो परिणाम पाउने योग छ। अन्य क्षेत्रमा जस्तो भएपनि विद्याको क्षेत्रमा उन्नति प्रगति हुनेछ।

तुला : आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। बोलीमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा थोरै श्रम गरेपनि धेरै फाइदा हुनेछ। ंधार्मिक र सामाजिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : बोलीको राम्रो प्रभाव रहन्छ। आलस्य बढ्नेछ। सहयोग गर्नेहरु टाढा हुनेछन्। ठूला कामको थालनी आज नपरेकै राम्रो।

धनु : प्रशंसा बढ्नेछ। दैनिकी सरल र सहज बन्नेछ। पुरोना लगानी उठ्नेछ। आफ्नाबाट नै सतर्क रहनुपर्नेछ। राजनीतिमा संगठन वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा धेरै अवसर छन्।

मकर : आम्दानी हुनेछ। बोलीको प्रभावले अरुको पनि भलाइ हुनेछ। नसोचेको फाइदा मिल्ने योग छ। भगवान शिवको स्मरण गरेर थालेको काम सफल हुनेछ।

कुम्भ : नयाँ निर्णय नगनुर्होला। आम्दानी बढ्नेछ। अरु क्षेत्रको लगानीले भन्दा वैदेशिक क्षेत्रको लगानीले उल्लेखनीय नतिजा प्राप्त हुनेछ।

मिन : आजको दिन राम्रो छ। आफूभन्दा ठूलाको सम्मान गर्नुपर्ने देखिन्छ। अभिभावकको सम्मान गर्नाले सफलता मिल्नेछ। भविष्यको बाटो खुल्ने दिन भएकाले पूर्खाको सम्झना गर्नुहोला।