मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अवार्ड’ प्राप्त यो तस्बिरमा के छ त्यस्तो खास?

‘अवार्ड’ प्राप्त यो तस्बिरमा के छ त्यस्तो खास?


बिबिसी : इटालियन फोटोग्राफर क्रिस्टियानो वेन्द्रामिनलाई जमेको तलाउको तस्बिरका लागि वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स अवार्ड २०२१ प्रदान गरिएको छ। उनको यो तस्बिर उनका एक लाख दिवंगत साथीहरूमा समर्पित छ।

क्रिस्टियानोलाई विजयी गराउने यस तस्बिरलाई ३१ हजार ८ सयभन्दा धेरैले मन गराएका छन्। वन्यजीव प्रेमीहरूले अनलाइनमार्फत गरेको सर्टलिस्टका आधारमा २५ तस्बिरलाई पछि पार्दै क्रिस्टियानोको तस्बिर उत्कृष्ट बन्न सफल भएको छ।

यस प्रतियोगिताका लागि ९५ देशका ५० हजार तस्बिरबाट २५ लाई सर्टलिस्ट गरिएको थियो। सन् २०१९ मा उत्तरी इटलीको सेन्टा क्रोस तलाउको सुन्दरतालाई क्रिस्टियानोले कैद गरेका थिए। उक्त स्थानलाई उनको एक जना साथीले निकै मन पराउँथे। यति बेला उनी यस संसारमा छैनन्। उनै साथीको यादले क्रिस्टियानोलाई उक्त स्थानले प्रभावित गरेको थियो।

‘एक शान्त-स्थिर र स्वस्थ जीवनका लागि प्रकृतिसँग सुमधुर सम्बन्ध हुनुपर्छ। प्राकृतिक फोटोग्राफीले हामीलाई त्यही प्राकृतिक माधुर्यताको याद दिलाउँछ। यसलाई हामीले सजाएर राख्नुपर्छ। ताकी हामी यस्ता पुराना यादहरूलाई संगालेर राख्न सकौं,’ उनले भने।

नेचुरल हिस्ट्री म्युजियमका निर्देशक डगलस गर्र भन्छन्, ‘क्रिस्टियानोको तस्बिरले हामीलाई जीवनमा प्रकृतिको सकारात्मक प्रभावको असर देखाउँछ।’ उनले पछिल्लो दुई वर्षमा मानिसको जीवन र प्रकृतिको कति महत्त्व छ भन्ने पुष्टि भएको बताएका छन्।

‘समयसँगै जमेको यस तलाउलाई देख्दा मानिसमा प्रकृतिसँग जोडिने इच्छा पैदा हुनेछ र यसको महत्त्व थाहा हुनेछ। हामी सबैले प्रकृतिलाई बचाउन काम गर्नुपर्छ’, उनले भनेका छन्।

फाइनलमा पुगेका अन्य चार तस्बिरले पनि चर्चा बटुलिरहेका छन्। पाँचौं तस्बिरमा लन्डनको नेचुरल हिस्ट्री म्युजियममा ५ जुनसम्म वाइल्डलाइफ फोटोग्राफर अफ द इयर प्रदर्शनीमा राखिएका थिए।

उता, केन्याको मासाइ मारा नेसनल रिजर्भमा आशलेगले सिंहको एक जोडLको तस्बिर खिचेका थिए। तस्बिर खिच्नुभन्दा पहिले  ती फोटोग्राफर वर्षा नहुँदासम्म त्यही बसे। जब वर्षा हुन थाल्यो, ती फोटोग्राफरले तस्बिर खिचे। पानी परिरहेको समयमा दुवै सिंह समस्यामा परेका देखिन्थे।

नेदरल्यान्डको जेरोएन होकेन्डिज्कोस्थित भालु र चीलको तस्बिर पनि चर्चामा छ। भालुको बच्चा रुखमा चढेर सुरक्षित महसुस गर्दै आमाले आहार ल्याउने प्रतीक्षामा हुन्छ।

अलास्काको घना जंगलमा भालुको सानो बच्चाले एक चीलको सहारामा निदाउने प्रयास गरेको देखिन्छ। चील रुखमा घन्टौ बसेको र भालुको बच्चा सुतिरहेको थियो। जेरोएनलाई यो दृश्य अनौठो लाग्यो। र, उनले समय नलगाई उक्त दृश्यलाई क्यामेरामा कैद गरिदिए।

न्यू साउथ वेल्स र विक्टोरिया राज्यका जंगलमा फैलिएको विनाशकारी आगलागीका कारण प्रभावित जनावरको दुःख बुझ्नका लागि जो ऐनी २०२० को सुरुमा अस्ट्रेलिया पुगेका थिए।

त्यहाँ उनले एक खैराे कंगारु आफ्नो बच्चासँग विक्टोरियामा मलाकुटासँग देखे। यो कंगारु आगलागीबाट ज्यान बचाउन सकेका जनावरको समूहमा सम्मिलित थियो।

चीनको शान्सी प्रान्तमा लिशान नेचर रिजर्वमा कियांगले दुई गोल्डेन फेन्जन्ट (तीत्रा प्रजाति) लगातार एक रुखमा उड्दै खेल्दै  गरेका देखे। उनीहरूको दृश्य एक नृत्यझैँ लाग्थ्यो। यो पक्षी चीनमा पाइन्छ। यो चीनको पहाडी क्षेत्रमा घनावस्ती बीचमा रहन्छ।

यो पक्षीको रंग चम्किलो हुन्छ। यो चरा लजालु स्वभावको हुन्छ। त्यसैले यो कहिलेकाहीँ मात्रै उडिरहेको देखिन्छ। यसले आफ्नो धेरै समय जंगलमा नै खानेकुरा खोज्नमा बिताउने गर्छ। यो पक्षी सिकारीबाट बच्नका लागि र रातिको समयमा उँचो पहाडमा जानका लागि मात्रै उठ्ने गर्छ।