मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कस्तो होला आईफोन १४ प्रो ?

कस्तो होला आईफोन १४ प्रो ?


काठमाडौं । एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ ।

रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को महँगा मोडेल उत्पादन गर्नेछ भने एप्पलको अर्का आपूर्तिकर्ता लक्सशेयरले आईफोन १४ कै सस्तो मोडेल उत्पादन गर्नेछ ।

आईफोन १४ र र १४ प्रो आईफोन ४ र ५ को पुरानो डिजाइन झल्कने गरी डिजाइन गरिएको बताइएको छ । आईफोन १४ प्रो म्याक्समा भने अन्य मोबाइल फोनमा जस्तो क्यामेराको भाग माथि उठेको हुने छैन ।

त्यस्तै गरी आईफोन १४ का सबै मोडेलमा नच नहुने चर्चा पनि छ ।

आईफोन १४ सिरिजका चार वटा फोनहरू हुनेछन्, जसमा दुईवटा ६.१ इन्च डिस्प्ले सहितको हुनेछ भने अर्को दुईवटा ६.७ इन्च डिस्प्ले सहितको हुनेछ ।

यो सिरिजका एप्पलले मिनि भर्सन भने नराख्ने बताइसकेको छ । यो फोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरा उपलब्ध हुने पनि बताइएको छ ।