मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकगायक जयनन्द लामाको निधन

लोकगायक जयनन्द लामाको निधन


काठमाडौं । लोकगायक जयनन्द लामाको निधन भएको छ । वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए । 

उनले गाएका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी,  मुलाको चानालगायत थुप्रै लोकगीत लोकप्रिय छन् । 

सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दर्जनौं चलचित्रमा अभिनय गरेका थिए ।