मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आश्वासनका ५ बर्ष, जनतामा निराशा मात्रै

आश्वासनका ५ बर्ष, जनतामा निराशा मात्रै


ज्ञानेन्द्र बिश्वकर्मा

वर्तमान समयको राजनीतिक ,नेतृत्व र सोझा, साझा जनतामाथी देखाईएको आश्वासन संगै बिगतका क्रमिक रुपमा भएका परिवर्तन जनप्रतिनिधिका अपूर्व विकास ,चालबाजी र चुनाव जितिसकेपछि जनतालाई देखाउने निशेधात्मक शिलस्वभाब अझै साची छन।

खासगरी अछाम जिल्ला क्षेत्र नं. २ मा जम्मा पाँच वटा गाउपालिका छन । जसध्य ३ वटा नगरपालिका र दुई वटा गाउपालिका छन। बिकास गतिविधिका कुरा गर्ने हो भने बिगत देखिनै सडक, शिक्षा, स्वास्थ, बिजुलि लगायत विकास पूर्वाधारमा पछाडी नै छ ।

स्थानीय निर्वाचन भैसकेपछि जनताका अपेक्षा अनुसार विकास निर्माण योजना हरुलाई क्रमिक अनुसार अगाडि बढेको छैन। स्थानीय क्षेत्रमा ससाना कार्यहरू लाई पनि प्राथमिकता दिएको देखीदैन ।

कतिपय क्षेत्रहरुमा अझै सहज सड्कको पहुँचमा पनि पुगेका छैनन् । बर्तमान अवस्था अवलोकन गर्ने हो भनेपनी चारैतिर भस्ट्रचारको खण्ड बनिसकेको छ। जन प्रतिनिधिहरुको मुख्य बिचार भनेको सबै जनताहरुलाई निस्पक्षको पद्दति बनाउनु हो ।

अब को प्रश्न हाम्रो केबल हामी जनताको मात्र रहनेछ । क्षेत्र न २ का हामी जनताले अब आउदै गरेको स्थानीय चुनाव, प्रदेश सङ्सङै केन्द्रिय सम्म एक उर्जाशिल, प्रभावकारी, परिश्रमी, त्यागी, निष्ठा नेताको तलास गर्नुपर्ने आवश्यक देखिएक्क छ ।

झुटोआश्वाशन देखाउने नेताहरुलाई अबको चुनाबमा उम्मेदवार लाइ भोट नहाल्ने रणनीतिक खेल्न हामी जनतालाई आवश्यकता छ। घोषणपत्रमा उल्लेख गरिएका कार्यहरुलाई प्रथामिकाता नदिई आफ्नै किसिमले नेतृत्व गरिरहेको देखिन्छ ।

गएको चुनावबा जित हासिल गरेर जनप्रतिनिधी बनेकाहरु बाट आश्वासन बाड्ने काम मात्रै भएको छ । जनताले आश गरेका ५ बर्ष लगभग बित्न लागेको अवस्थामा जनतामा निराशा बाहेक अरु केही छैन् । अब आउने चुनाबमा जनताले ध्यानपुर्बक छनोट गर्नुपर्ने पनि देखिन्छ । अबको प्रस्न हामी जनताको रहने छ ।