अन्तरवार्ता / विचार

लेखक मधुश्रीको दोस्रो पुस्तक नमुनाको लाेकार्पण

अछाम । लेखक, प्रशासक, साहित्यकार तथा गायक एबम स्र्स्टा पदम बहादुर माझी “पवन मधुश्री” को बिकास र राजनितीसँग सम्बन्धित पुस्तक नमुना भाग २ को लोकार्पण गरिएको छ । जिल्ला प्रशासन कार्यालय अछामको सभाहलमा आैपचारिक रुपमा भएको पुस्तक लोकार्पण कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले पुस्तक बिमोचन गरे ।

पन्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका माझिको दोस्रो पुस्तक नमुनाका बारेमा प्रकाशकको तर्फबाट नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष तथा भुवन स्टेशनरी स्टोर मंगलसेनका संचालक नर बहादुर रावलले मन्तव्य राखेका थिए ।

सोही अवसरमा पुस्तकका लेखक माझी र प्रकाशक रावललाई प्रजिअ मरासेनीले दौसल्ला ओढाएर सम्मान समेत गरे । पुस्तकको बिमोचन गर्दै प्रजिअ मरासेनीले बिकास र राजनीतिसँग सम्बन्धित पुस्तक भएकाले सबैलाई अध्ययन गर्न आग्रह समेत गरे ।

जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुभेच्छुक, शुभचिन्तकको सहभागिता रहेको कार्यक्रमक‍ संचालन पन्चदेवल विनायक नगरपालिकाका रोजगार शाखा संयोजक भरत अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज बैशाख २९ गते बिहिबारको राशिफल 
दुई दिन बढी सार्वजनिक बिदा भए अस्पताल र स्वास्थ्य संस्थाले तेस्रो दिनदेखि सेवा दिनुपर्ने
अस्पताल र स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
बिहान खाली पेट मनतातो पानी पिउनुका फाइदा