मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्ला विमानस्थल धावन मार्गको हिउँ पन्छाएपछि जहाज अवतरण (तस्बिरसहित)

जुम्ला विमानस्थल धावन मार्गको हिउँ पन्छाएपछि जहाज अवतरण (तस्बिरसहित)


जुम्ला – जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन् । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो ।

धावनमार्गमा जमेकाे हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालयका अधिकृत सोनाक्षी सिंहका अनुसार हिउँ पन्छाएपछि तारा र समिट एअरको एक/एक उडान भएको छ । 

भारी हिमपातले करिब एक फीट बढी हिउँ जम्मा हुँदा जिल्ला विपत् व्यवस्थापन समितिको अगुवाइमा बिहानैदेखि धावनमार्गको हिउँ पन्छ्याउन थालिएको थियो । हिउँ हटाएसँगै साँझ साढे चार बजे विमानस्थलमा जहाज अवतरण हुन सफल भएको हो । 

हिमपतका कारण टिकट काटिसकेका यात्रु नेपालगञ्ज र जुम्लामा अलपत्र परेकाले सबैको समन्वयमा विमानस्थल सफाइ गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनुभयो ।