मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर सार्वजनिक

बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर सार्वजनिक


पर्यटकीय क्षेत्र सौराहा, पोखरा सहित छ गन्तव्यको प्याकेजमा छुटैछुट

काठमाडौं । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले भ्यालेन्टाइन डे विशेष आकर्षक टुर प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा र सौराहासहित छ आकर्षक गन्तव्यहरुमा विशेष छुटसहित टुर प्याकेज सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार पहिलो चरणमा पोखरा र भरतपुरलाई छनोट गरेर आकर्षक टुर प्याकेज ल्याएको कम्पनीले खानबस्न सहित प्रतिव्यक्ति अप एण्ड डाउन हवाई टिकट ६ हजार ९९९ मा नै प्याकेज उपलब्ध गराएको छ ।

यस्तै, चितवनमा प्रतिव्यक्ति ९ हजार ९९९ मा नै टुर प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

काठमाडौंबाट पहिलो चरणमा दुई गन्तव्यमा मात्र टुर प्याकेज ल्याएको कम्पनीले दोस्रोमा अन्तरप्रदेश भैरहवाबाट पोखरा ७ हजार ९९९ रुपैयाँ, चितवनबाट ७ हजार ९९९ रुपैयाँ, सिमराबाट ८ हजार ९९९ रुपैयाँ र नेपालगञ्जबाट ९ हजार ९९९ रुपैयाँ प्रतिव्यक्ति टुर प्याकेज दिएको कम्पनीले जनाएको छ ।

यद्यपि, पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरिएको मा यस्तो प्याकेज विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरुमा समेत सजिलो र सहज होलिडे प्याकेजहरु ल्याईने बुध्द एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले जानकारी दिए ।

बुध्द होलिडेजले अहिलेसम्म ३८०० स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा पुर्‍याएको छ ।

युवा वर्गलाई लक्षित गरि ल्याइएको यस होलिडे प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन शेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ । यो अफर फेब्रअरीको १५ तारिखसम्म हुनेगरि लागु गरिएको छ । संक्रमणरहित होलिडे प्याकेजका लागि यात्रुवर्गले पनि स्वास्थय मापदण्ड अपनाई प्याकेजको आनन्द लिन कम्पनीले आग्रह गरेको छ ।