मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ सुरु भएदेखि नै अग्रमोर्चामा रहेका डा. गौचनलाई दोश्रो पटक संक्रमण

कोभिड १९ सुरु भएदेखि नै अग्रमोर्चामा रहेका डा. गौचनलाई दोश्रो पटक संक्रमण


काठमाण्डौँ । गण्डकी प्रदेशको पोखरामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई दोश्रो पटक कोरोना संक्रमण भएको छ । बिरामीको उपचारमा प्रत्यक्ष संलग्न रहेको निर्देशक डा. गौचन तेश्रो लहरबाट संक्रमण हुन पुगेका छन् ।

कोरोना भाईरस कोभिड १९ संग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले शुक्रबार आफ्नो परिक्षण गरेका थिए । परिक्षणमा भाईरसको संक्रमण पुष्टी भएको उनले बताए । संक्रमण भएपछि आफु सुरक्षित आईश्वलेशनमा रहेको भन्दै सबैलाई सजग रहन उनले आग्रह गरेका छन् ।

डा. गौचन नेपालमा कोरोना भाईरसको संक्रमण कसुरु भएदेखि नै सक्रिय भएर उपचारमा खटिरहेका छन् । नेपालमा पहिलो भेरियण्ट सुरु हुदाँ देखि नै उनको सक्रियतामा कुनै कमी छैन् । पहिलो चरणको कोरोना सुरु हुदाँ डा. गौचनले अछाममा रहेको बयालपाटा अस्पतालमा रहेर बिरामीको उपचार गरेका थिए ।

उनले अस्पतालको नेतृत्व संगै आफु प्रत्यक्ष सहभागी हुदैँ कोरोना संक्रमण बिरामी तथा संक्रमण भएका अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीको समेत उनले उपचार गरेका थिए । संक्रमण कम गर्न र फैलिन नदिन समेत उनले अछाम रहेका बेला महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

उपचारमा संलग्न हुदै गर्दा डा. गौचन अछाममा पहिलो पटक आफै कोरोनाको संक्रमणमा परेका थिए । त्यसपछि उनी गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोगको कार्यकारी निर्देशक भएर पोखरा गएका थिए । उनले त्यहाँ रहदाँ अस्पतालको व्यावस्थापन पक्ष सबल बनाउदैँ बिरामीको समेत उचार गर्दै आईरहेका थिए ।

सोही क्रममा उनि शुक्रबार दोश्रो पटक कोरोनाको संक्रमणमा परेका हुन् । उनले संक्रमित भएपनि सबैलाई मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र भौतिक दुरी कायम राख्न आग्रह गरेका छन् । कोरोना संग डराउन भन्दा पनि आफु सुरक्षित रहने उपाय अबलम्बन गर्नु पर्ने उनको सुरु देखिकै धारणा छ ।

दुई चरणको खोप लगाई सकेको भएपनि बिरामीको उपचारमा प्रत्यक्ष संलग्न हुदाँ आफुलाई संक्रमण भएको हुन सक्ने डा. गौचनको भनाई छ । खोप लगाईसकेको छु तर पनि कोरोनाको संक्रमण देखियो उनले भने सबैले सुरक्षित भएर साबधानी अपनाउनुको बिकल्प छैन् ।

डा. गौचन कार्यकारी निर्देशक रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले हाल सम्म १३ सय भन्दा बढी कोरोना बिरामीको उपचार गरी निको बनाएर घर पठाएको छ । ६० देखि ७० बर्ष सम्मका बृद्ध तथा बृद्धाको समेत अस्पतालले उपचार गर्न सफल भएको उनले बताए ।

बिरामीको उपचारलाई पहिलो प्राथमिक्ता राख्नु पर्छ भन्ने सोच भएका डा. गौचन बिरामीलाई पूर्णरुपमा निको भएपछि मात्र घर पठाउने गरेका छन् । बिगत १ बर्ष देखि उनले पोखराको संक्रामक तथा सरुवा रोग अस्पतालको व्यावस्थापकिय जिम्मेवारी संगै बिरामीको समेत उपचार गरिरहेका छन् ।

डा. गौचनले यसअघि अछामको बयालपाटा अस्पतालमा एक दशक बढी बिरामीको उपचार गरेका छन् । उनले अस्पतालको नेतृत्व संगै दुर्ग क्षेत्रका जनताको स्वास्थ्य उपचार सेवा गरेका थिए ।