मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाका प्रहरी कार्यालय विनायकले ‘तपाईको मास्क खोई’ अभियानलाई निरन्तरता दिने

इलाका प्रहरी कार्यालय विनायकले ‘तपाईको मास्क खोई’ अभियानलाई निरन्तरता दिने


अछाम । इलाका प्रहरी कार्यालय विनायकले तपाईको मास्क खोई अभियानलाई निरन्तरता दिएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपुर्ण एवम सुरक्षित समाजका लागी ईलाका प्रहरी कार्यालयका इन्चार्ज कुबेर सिंह धामीको नेतृत्वमा विनायक बजार परिक्रमा गरि सबैलाई मास्क लगाउन अनुरोध गरिएको छ ।

इलाका प्रहरी कार्यालय विनायकका सम्पुर्ण सुरक्षाकर्मीहरु तपाईको मास्क खोई नामको ब्यानर सहित बजारमा आजबाट सर्तकता तथा सावधानीका लागी सन्देश प्रवाह सहित मास्क नलगाउनेलाई मास्क बितरण गरिरहेका छन ।

यो कार्यलाई निरन्तरता दिने तथा यती गर्दा पनी नमानेको खण्डमा कानुनी कार्वाही समेत गर्ने ईलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायव उपरिक्षक कुबेर सिंह धामीले जानकारी दिए ।