मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा थपिए २८ लाख कोरोना संक्रमित

विश्वमा थपिए २८ लाख कोरोना संक्रमित


काठमाडौं- विश्वभर निरन्तर कोरोना संक्रमण दर उकालो लागिरहेको छ। हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ।

पछिल्लो २४ घन्टामा मात्रै २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन्।

अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन्।