मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड–१९ विरुद्धको खोप कार्ड हराए के गर्ने ?

कोभिड–१९ विरुद्धको खोप कार्ड हराए के गर्ने ?


काठमाडौं । सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य गरिएको छ । 

त्यसैले खोप कार्ड हराएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ । 

मन्त्रालयले सूचना जारी गर्दै हराएको खोप कार्ड तीन तरिकाबाट लिनका लागि अनुरोध गरेको छ । पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिनेछ ।  

दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन अनुरोध गरेको छ । 

तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन आग्रह गरेको छ । 

सरकारले माघ २ गतेबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ ।