मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूर र कर्णालीकोे सिमाना बेलखेतमा हेल्थ डेस्क स्थापना, चौखुट्टेमा पनि स्वास्थ्यकर्मी खटाईयो

सुदूर र कर्णालीकोे सिमाना बेलखेतमा हेल्थ डेस्क स्थापना, चौखुट्टेमा पनि स्वास्थ्यकर्मी खटाईयो


अछाम : सुदूरपश्चिम र कर्णाली प्रदेशको सिमाना बेलखेतमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानको बेलखेतमा कोरोना रोकथाम तथा नियन्त्रण्का लागी हेल्थ डेस्क स्थापना गरिएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाले कोरोनाको तेस्रो लहर फैलिन नदिन तथा पुर्व सर्तकताका लागी सामान्य ज्वरो चेकजाँच गर्ने गरि सिमानाका बेलखेतमा अस्थायी हेल्थ डेस्क निर्माण गरेको स्वास्थ्य साखा सह संयोजक जनक बुढाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय अछाम संगको सहकार्यमा उक्त कार्य गरिएको हो। हेल्थ डेस्कको लागि बिध्यालय नर्स र बिध्यालय मानसिक स्वास्थ्य कार्यक्रमबाट भर्ना गरिएका स्वास्थ्य कर्मि उक्त क्षेत्रमा खटाई सकेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए।

कर्णाली चिसापानी पछिको दोस्रो ठुलो दैलेख र अछामलाई जोडेको बेलखेत पुल हुँदै सुर्खेत,नेपालगंञ्ज,काठमाण्डौ हुँदै भारतबाट मानिसहरुको आवतजावत बढिरहेको पाइन्छ ।

त्यसैलाई मध्यनजर गरेर समिा नाकामा चेकजाँच कडाई गरिने पञ्चदेवल विनायक नगरपालिकाको स्वास्थ्य साखाले खबर पठाएको छ ।

प्रमुख ढुंगानाका अनुसार यता अर्को सिमा नाका डोटी अछामको चौखुट्टेमा पनि स्वास्थ्यकर्मी पठाईसकेको छ।