मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका प्रजिअ सहित ५ जनामा कोरोना : आकस्मिक बाहेकका सबै सेवा बन्द

अछामका प्रजिअ सहित ५ जनामा कोरोना : आकस्मिक बाहेकका सबै सेवा बन्द


अछाम : अछाम जिल्लका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालय अछामका ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखीएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी लगायत ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रमुख जिल्ला अधिकारी लगायत ,नागरिकता फाँट र अन्य शाखामा कार्यरत ५ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा १ हप्ताका लागी बन्द गरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी मरासेनीद्वारा हस्ताक्षरित जिल्ला प्रशासन कार्यालय अछामबाट जारी सूचनामा माघ १० गतेसम्मका लागी कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार प्रजिअ लगायत अन्य कर्मचारीमा ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने लगायतका लक्षण देखीएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेको रहेका छन् ।

जनतासँग प्रत्यक्ष सम्पर्क र समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय अछामका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुनुले जिल्लामा समुदायसम्मै कोरोना सङ्क्रमण फैलिएको सहजै आँकलन गर्न सकिने स्वास्थ्यकर्मीको भनाई छ । – बान्निगढीटुडे